Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

रेडियो देवघाटको कार्यवाहक अध्यक्षमा विजयराज शर्मा भुसाल

रेडियो देवघाटको कार्यवाहक अध्यक्षमा विजयराज शर्मा भुसाल

images

आशिक राना

२४, माघ २०७७
रेडियो देवघाटको कार्यवाहक अध्यक्षमा विजयराज शर्मा भुसाल
images

देवघाट, २४ माघ । सगरमाथा सञ्चार सेवाद्धारा सञ्चालित रेडियो देवघाट १०२.६ मेगाहर्जको कार्यवाहक अध्यक्षको जिम्मेवारी विजयराज शर्मा भुसाललाई दिइएको छ । रेडियो देवघाट सञ्चालक समितिको पूर्ण बैठकले उपाध्यक्ष शर्मा भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको हो । सामुदायिक रेडियो देवघाटका संस्थापक अध्यक्ष भक्ति प्रसाद तिमिल्सेनाको पुस २७ गते कोरोना (कोभिड १९) को संक्रमणका कारण निधन भएपछि विजयराज शर्मा भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेको रेडियो देवघाटका महासचिव निरन्जन हाडाले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्षमा चयन भएपछि भुसालले रेडियोको विकास र नियमित सञ्चालनमा आफु लागिपर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले देवघाटमा स्थापित भइसकेको रेडियोलाई परिमार्जन गर्दे लैजना बताउनुभयो ।

एतिहासिक एवं धार्मिक क्षेत्र देवघाटमा वि.स. २०६७ माघ १ गते सञ्चालन भएको रेडियो १० औं वर्ष पारगरी ११ वर्षमा प्रवेश गरेको छ । रेडियोेले १० औं वार्षिकोत्सवको अवसरमा यही माघ २६ गते अन्तर महिला समुह हाजिरीजवाफ प्रतियोगिता र समापन कार्यक्रम आयोजना गर्न लागेको रेडियोका स्टेशन मेनेजर सुवास लामिछानेले जानकारी दिनुभयो । देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको प्रमुख आतिथ्यतामा वार्षिकोत्सबका कार्यक्रम समापन गर्ने लामिछानेले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ २४, २०७७ शनिवार - ११:१८:२९ बजे

आशिक राना

पत्रकार आशिक राना इच्छाकामना न्युजको देवघाट प्रतिनिधी हुन् भने देवघाट गाउँपालिकाको प्रेस संयोजक समेत हुनुहुन्छ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology