Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला : पर्यटन क्षेत्रसँगै देशको अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा

ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला : पर्यटन क्षेत्रसँगै देशको अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा

images

इच्छाकामना न्युज

२, बैशाख २०८१
ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुला : पर्यटन क्षेत्रसँगै देशको अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा
images

काठमाण्डौ । काठमाण्डौको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै  घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले हिजो बेलुका ठमेलको त्रिदेवीमार्गमा गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले चौबीसै घण्टा बजार सञ्चालनको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पुर्‍याउनका लागि चौबीसै घण्टा बजार खुला गरिएको बताउनुभयो । गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्नेमा उहाँको जोड छ ।

काठमाण्डौ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले चौबीसै घण्टा ठमेल र दरबारमार्ग सञ्चालन हुँदा देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाण्डौ महानगर–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयन गर्न जोड दिनुभयो । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ठमेललाई नमूना पर्यटकीय नगरी बनाउने योजना अभियानले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार नेपाल आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल आउने गरेका छन् ।

दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले १० वर्षदेखि ठमेल र दरबारमार्ग चौबीसै घण्टा सञ्चालन गर्ने योजना रहेकोमा बल्ल अगाडि बढेको बताउनुभयो । यो अभियानलाई विस्तारै काठमाण्डौका अन्य शहरमा पनि लैजानुपर्ने उहाँको भनाइ छ । 

images
प्रकाशित मिति :बैशाख २, २०८१ आइतवार - ०८:१८:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology