Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने बर्दियाका मुनु गुरुङ पक्राउ, ७ जनाको उद्धार

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने बर्दियाका मुनु गुरुङ पक्राउ, ७ जनाको उद्धार

images

इच्छाकामना न्युज

३०, चैत्र २०८०
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने बर्दियाका मुनु गुरुङ  पक्राउ, ७ जनाको उद्धार
images

काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा राजधानीको तारकेश्वर नगरपालिका-११ हिलेटोलस्थित पश्चिम युना खाजाघरकी संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका-१ घर भएकी २६ वर्षीया मुनु गुरुङ रहेकी छन् ।

उक्त खाजाघरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको हो । साथै उक्त खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीको प्रहरीले उद्धार गरेको छ ।

मुनु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र ३०, २०८० शुक्रवार - ०७:४९:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology