Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजदेखि एसइई सकियो, ३७ हजार विद्यार्थी परीक्षा दिनै आएनन्, कहाँ हराए ?

आजदेखि एसइई सकियो, ३७ हजार विद्यार्थी परीक्षा दिनै आएनन्, कहाँ हराए ?

इच्छाकामना न्युज

२७, चैत्र २०८०
आजदेखि एसइई सकियो, ३७ हजार विद्यार्थी परीक्षा दिनै आएनन्, कहाँ हराए ?
images

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । यति धेरै परीक्षार्थी किन अनुपस्थित भए भन्ने विषयमा सरोकारवाला निकायसमेत अनभिज्ञ छ ।

images
images

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा सहभागी हुन पाँच लाख चार हजार विद्यार्थीले फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले चार लाख ७५ हजारले मात्रै प्रवेशपत्र लिएको बताए । उनले प्रवेशपत्र लिएकामध्ये पनि आठ हजार जनाभन्दा बढी परीक्षामा अनुपस्थित रहेको जानकारी दिए ।

उनका अनुसार परीक्षामा मुलकभरबाट चार लाख ६७ हजार जना मात्रै उपस्थित भएका छन् । “यति धेरै परीक्षार्थी किन अनुपस्थित रहे भन्ने हाम्रो लागि पनि चासोको विषय बनेको छ । जिल्लागत रूपमा बुझ्ने कोसिस गरेका छौँ तर यस विषयमा निष्कर्ष निकाल्न निकै कठिन देखिएको छ,” उनले भने ।

एसइईमा सहभागी हुने विद्यार्थीले कक्षा नौमा रजिस्ट्रेसन फाराम भर्नु पर्छ । त्यसरी फाराम भरेकामध्ये केही विद्यार्थी कक्षा नौको वार्षिक परीक्षा नतिजामा चित्त बुझेन भने सोही कक्षा दोहोर्‍याउन चाहन्छन् । जसले गर्दा एसइईमा सहभागी हुने तथ्याङ्क घट्छ । त्यस्तै कतिपय निजी स्कुलले कमजोर नतिजा भएका विद्यार्थीलाई आफैँ कक्षा नौमा दोहोर्‍याउन पनि लगाउँछन् ।

परीक्षा नियन्त्रक पौडेलका अनुसार केही विद्यार्थी कक्षा १० सम्म आउँदा आफैँ पढाइ छाड्ने गर्छन् भने केहीले आर्थिक अभावका कारण पनि पढाइ छाडेका हुन्छन् । एसइईमा वैकल्पिक धारका विद्यालयबाट पनि परीक्षा फाराम भर्न पाउने व्यवस्था छ ।

त्यस्तै महिला तथा प्रौढलाई लक्षित गरेर खोलिएका विद्यालयबाट पनि एसइई परीक्षामा फाराम भराउने गरिएको छ तर यस्ता विद्यालयबाट फाराम भरेकामध्ये केही परीक्षार्थी कम उमेर भएका कारण वा अन्य कारणबाट पनि परीक्षामा अनुपस्थित हुने गरेको पौडेलले बताए । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :चैत्र २७, २०८० मंगलवार - ०८:११:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology