Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गापाले सार्वजनिक गरेको राआवि फिस्लिङको कक्षा ८ को नतिजामा त्रुटी, गल्ती विद्यालयको, दोष मिडियालाई

इच्छाकामना गापाले सार्वजनिक गरेको राआवि फिस्लिङको कक्षा ८ को नतिजामा त्रुटी, गल्ती विद्यालयको, दोष मिडियालाई

images

इच्छाकामना न्युज

२२, चैत्र २०८०
इच्छाकामना गापाले सार्वजनिक गरेको राआवि फिस्लिङको कक्षा ८ को नतिजामा त्रुटी, गल्ती विद्यालयको, दोष मिडियालाई
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले सार्वजनिक गरेको आधारभुत तह कक्षा ८ को परीक्षाको नतिजामा त्रुटि भेटिएको छ । पालिकाले सार्वजनिक गरेको नतिजा मध्य राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङको नतिजामा त्रुटि भेटिएको हो ।

पालिकाले मंगलबार सार्वजनिक गरेको नतिजामा ८ वटा विद्यालयको शत प्रतिशत विद्यार्थी उर्तीर्ण भएको थियो । सोहि सार्वजनिक नतिजा बमोजिम बुधबार बिहान इच्छाकामना न्युज डटकम लगायत अन्य स्थानीय मिडियाले समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङको नतिजामा त्रुटि भएको कुरा पत्ता लाग्यो ।

सार्वजनिक गरेको नतिजामा उक्त विद्यालयबाट परीक्षामा सहभागी १६ जना विद्यार्थी मध्य १५ जना उर्तीर्ण भै १ जना विद्यार्थी फेल भएको थियो । तर विद्यालयले नै विद्यार्थीको नतिजा प्रविष्ट गर्ने क्रममा विद्यार्थीको एउटा विषयको प्राप्ताङ्क चढाउने क्रममा ३४ अंक लेख्नुपर्नेमा ३.४ लेखिदिदा नतिजा प्रकाशनमा त्रुटि हुन पुगेको इच्छाकामना गाउँपालिकाको शिक्षा शाखा प्रमुख तारापति खरेलले जानकारी दिनुभयो । नतिजा सार्वजनिक भएसँगै मिडियामा समाचार आएपछि विद्यालयले त्रुटि गरेको कुरा पत्ता लागेको उहाँले बताउनुभयो । ‘त्यसपछि उक्त विद्यालयको नतिजा सच्याएर पुनः गाउँपालिकाले नतिजा सार्वजनिक गरेको हो ।’ –उहाँले भन्नुभयो ‘त्रुटि सच्याएपछि राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङको पनि शतप्रतिशत विद्यार्थी उर्तीण भएको नतिजा देखिएको छ ।’ 

यता नतिजामा त्रुटि भएको कुरा विद्यालयले समेत स्वीकार गरेको छ । विद्यालयको नतिजामा त्रुटि भएकोले पुनः सच्याएर नतिजा प्रकाशन गरिएको राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङका सहायक प्रध्यानाध्यापक जित बहादुर गुरुङले बताउनुभयो । 

गल्ती विद्यालयको, दोष मिडियालाई
यसरी गलत नतिजा प्रकाशन हुनुमा विद्यालय दोषी देखिए पनि विद्यालय र उक्त विद्यालयमा कार्यरत शिक्षक भविश्वर गुरुङले स्थानीय मिडियालाई बदनाम गराउने प्रयास गरेको छ । शिक्षक भविश्वर गुरुङको फेसबुक आइडी र राष्ट्रिय आधारभुत विद्यालय फिस्लिङ्गको फेसबुक आईडीमा सच्चिएको नतिजा प्रकाशित गर्दै स्थानीय सञ्चारमाध्यमको नाम नै तोकेर सञ्चारमाध्यमले पूर्वाग्राही बन्दै गलत नतिजा सार्वजनिक गरेको भन्दै गम्भिर त्रुटी गरेको दोष लगाएका छन् । विद्यालय र शिक्षकले लगाएको यो आरोप प्रति स्थानीय मिडिया इच्छाकामना एफ एमका स्टेशन प्रमुख दान बहादुर गुरुङले आपत्ति प्रकट गरेको छ । यस विषयमा प्रतिक्रिया दिदै जानाजान विद्यालयको गल्ती हुदाँहुदै मिडियालाई दोषी देखाई बदनाम गराउने उनीहरुको काम प्रति गम्भिर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

यस विषयमा शिक्षक भविश्वर गुरुङसँग प्रतिक्रिया लिन खोज्दा केही पनि थाहा छैन भन्दै मिडियाकर्मीसँग बोल्न चाहेनन् ।

स्मरण रहोस् केही समय पहिले उनै शिक्षक भविश्वर गुरुङले इच्छाकामना गाउँपालिकामा अवैधानिक रुपमा कानुन मै व्यवस्था नभएको स्रोतव्यक्ति पदमा गाउँपालिकामा नियुक्ती लिई काम गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीको प्रक्रिया अगाडी बढाएको थियो ।  

इच्छाकामनाका अवैध स्रोतव्यक्ति भविश्वर गुरुङले काज फिर्ता भएको ३ महिनासम्म पनि बुझाएनन् गाउँपालिकाको ल्यापटप

 

यस्तै शिक्षा सेवा आयोगले लिएको माध्यामिक तहको अंग्रेजी विषयको सामान्य परीक्षामा फेल भएर पनि लिखित परीक्षामा सहभागी भएको भन्दै आयोगले लिने कुनै पनि परीक्षामा शिक्षक गुरुङलाई सहभागी हुन नपाउने गरी कारवाही समेत गरिएको थियो भने शिक्षक भविश्वर गुरुङले गाउँपालिकामा अवैध रुपमा स्रोतव्यक्ति भै काम गर्दा लिएको गाउँपालिकाको जिन्सी सामान (ल्यापटप) लामो समयसम्म फिर्ता नदिई सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेका थिए । यी र यस्तै विषयमा शिक्षक गुरुङको कर्तुतहरु स्थानीय मिडियाले सार्वजनिक गरेको रिस फेर्नकै लागि उनले हुदै नभएको गल्ती मिडियाको भन्दै मिडियालाई बदनाम गराउन लागि परेको अनुमान सजिलै गर्न सकिन्छ । 

433083057_1114488619791370_906618332079065672_n.jpg

434346945_292969187155865_1228879409298563284_n.jpg

 

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १३:१६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology