Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाका अवैध स्रोतव्यक्ति भविश्वर गुरुङले काज फिर्ता भएको ३ महिनासम्म पनि बुझाएनन् गाउँपालिकाको ल्यापटप

इच्छाकामनाका अवैध स्रोतव्यक्ति भविश्वर गुरुङले काज फिर्ता भएको ३ महिनासम्म पनि बुझाएनन् गाउँपालिकाको ल्यापटप

images

इच्छाकामना न्युज

२३, भाद्र २०७९
इच्छाकामनाका अवैध स्रोतव्यक्ति भविश्वर गुरुङले काज फिर्ता भएको ३ महिनासम्म पनि बुझाएनन् गाउँपालिकाको ल्यापटप
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा अवैध रुपमा नियुक्त भएका स्रोत व्यक्ति भविश्वर गुरुङले काज फिर्ता भएर फिस्लिङ निमाविमा पुर्नवहाली भएको ३ महिना वितिसक्दा पनि अझै ल्यापटप फिर्ता नगरेको पाइएको छ । निमावि फिस्लिङमा निमावि शिक्षकको रुपमा कार्यरत गुरुङलाई अघिल्लो स्थानीय सरकारले नियम विपरित शिक्षक नियमावलीमै नभएको स्रोतव्यक्ति पदमा काजमा रहने गरी गाउँपालिकामा तानेर जिम्मेवारी दिएको थियो।

उनै अवैध स्रोतव्यक्ति गुरुङलाई गाउँपालिकामा नयाँ सरकार आएसँगै असार २३ गतेको कार्यपालिका बैठकले उक्त जिम्मेवारीबाट हटाएर विद्यालयमै काज फिर्ता पठाएको थियो। शिक्षक गुरुङ काजफिर्ता भएको ३ महिना वितिसक्दा पनि तात्कालिन समयमा उनले प्रयोग गरिरहेको गाउँपालिकाको ल्यापटप नबुझाएको पाईएको हो। गाउँपालिकाले गुरुङलाई पटक–पटक सामान फिर्ता गर्नको लागि पत्राचार गरेको भएपनि उनले अहिलेसम्म सामान नबुझाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले जानकारी दिएको छ । 

यस विषयमा शिक्षक भविश्वर गुरुङसँग कुराकानी गर्दा आफुले भदौ महिना भित्र सामान बुझाउने मौखिक जानकारी गरेको उनले बताए।

तात्कालिन समयमा पनि अवैध रुपमा शिक्षक गुरुङलाई गाउँपालिकाले स्रोत व्यक्ती नियुक्ति गरेको भन्दै अख्तियारले गाउँपालिकालाई पत्र काटेरै स्पष्टीकरण सोधेको थियो। तर उक्त पत्रको जवाफ अख्तियारलाई नदिइ गाउँपालिकाका जिम्मेवार पदाधिकारीले पत्र नै गाएब बनाएको चर्चा एकताका गाउँपालिकामा खुब चलेको थियो। 

images
प्रकाशित मिति :भाद्र २३, २०७९ बिहिवार - १९:२१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology