Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

सर्वोच्च अदालतबाट जमानत पाएपछि आप नेता सञ्जय सिंह रिहा

सर्वोच्च अदालतबाट जमानत पाएपछि आप नेता सञ्जय सिंह रिहा

images

एजेन्सी

२२, चैत्र २०८०
सर्वोच्च अदालतबाट जमानत पाएपछि आप नेता सञ्जय सिंह रिहा
images

नयाँ दिल्ली । आम आदमी पार्टीका सांसद सञ्जय सिंह रिहा भएका छन् । बुधबार राति ८ बजेतिर तिहार जेलबाट बाहिरिएका हुन् ।

सञ्जय सिंहलाई सर्वोच्च अदालतले मंगलबार धरौटीमा रिहा गरेको थियो । सञ्जय सिंह अक्टोबर २०२३ देखि जेलमा थिए। दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा ईडीको टोलीले सञ्जय सिंहलाई पक्राउ गरेको थियो।

जेलबाट बाहिर आएपछि सञ्जय सिंहले आफ्ना समर्थकलाई अभिवादन गरेका थिए । सञ्जय सिंहले गाडीको छतमा चढेर भने, ‘जसलाई जेलमा राखिएको छ । कारागारको ताला टुट्छ भन्नेमा मलाई पूर्ण विश्वास छ...' । उनले भने– यो खुसीयाली मनाउने समय होइन, यो संघर्षको समय हो ।

 

images
प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - १०:३३:०५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology