Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कुष्ठरोगीलाई हेर्ने विभेद दृष्टिकोण परिवर्तन गर्न ‘द लेप्रसी मिशन नेपाल’को माग

कुष्ठरोगीलाई हेर्ने विभेद दृष्टिकोण परिवर्तन गर्न ‘द लेप्रसी मिशन नेपाल’को माग

images

इच्छाकामना न्युज

२३, माघ २०७७
कुष्ठरोगीलाई हेर्ने विभेद दृष्टिकोण परिवर्तन गर्न ‘द लेप्रसी मिशन नेपाल’को माग
images

मनिका विश्वकर्मा, चितवन, २३ माघ । कुष्ठरोगीलाई हेर्ने विभेद दृष्टिकोण परिवर्तन गर्न ‘द लेप्रसी मिशन नेपाल’ले माग गरेको छ । पापले गर्दा यो रोग लाग्ने भन्ने नकारात्मक सोँचलाई परिवर्तन गर्नुपर्छ भन्दै संस्थाले आज (शुक्रबार) एक कार्यक्रमकाबीच सो माग गरेको हो ।

कानुनले पनि कुष्ठरोगका बिरामीलाई विभेद गरिएको देखिन्छ । भाग–३ पारिवारिक कानुन परिच्छेद–१ विवाह सम्बन्धी व्यवस्थाको ७१ (ग) मा पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने, पूर्ण रुपमा दृष्टिबिहिन वा कुष्ठरोगी भएकोमा विवाह गर्न नहुने भनिएको छ । यसले गर्दा पनि समाजमा कुष्ठरोगीलाई हेर्ने विभेद कम हुन नसकेको द लेप्रसी मिशन नेपालको ठहर छ । यस संस्थाले कुष्ठरोग बारे जनता जगाउने काम गर्छ । चितवनमा यस संस्थाका ६ वटा सहकार्यहरु रहेका छन् ।

कुष्ठरोग कुनै पापले गर्दा नहुने र यो एक प्रकारको सरुवा रोग रहेको द लिर्पोसी मिशन नेपालकी जिल्ला संयोजक शुसिला श्रीस मगरले बताइन् । कुष्ठरोग आँखा देख्न नसक्ने ‘माइक्रोव्याक्टेरियम लेप्रे’ किटाणुबाट लाग्ने गरेको मगरले जानकारी दिईन् । २ देखी ५ वर्ष र कहिलेकाँही ३० वर्ष भन्दा उमेर समूहलाई पनि कुष्ठरोग लाग्ने उनले बताईन् । कुष्ठरोग पनि दुई प्रकारका हुने उनले बताईन् । जसमा थोरै किटाणु भएको कम सर्ने र धेरै किटाणु भएको धेरै सर्ने रहेको छ । समयमा नै उपचार हुन नसके यो रोगले शरीरको अंगभगं नै गरिदिने मगरले बताइन् । जापानमा कुष्ठरोगका बिरामीलाई ५१ हजार क्षतिपूर्ती दिने गरिन्छ तर नेपालमा कुष्ठरोगका बिरामीलाई निःशुल्क उपचार मात्रै गरिदिने व्यवस्था रहेको उनले बताईन् ।

चितवनमा कुष्ठरोग लागेका बिरामीहरुको संख्या घट्दो क्रममा रहेको छ । चितवनमा हाल १ सय १६ जना कुष्ठरोगी बिरामीले औषधी खाइरहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले जानकारी दिए । २०७५÷७६ अनुसार पछिल्लो समय चितवनमा कुष्ठरोगीको बिरामी निवारणको अवस्थामा रहेको तिवारीले बताए । चालु आर्थिक वर्ष २०७७÷२०७८ मा चितवनमा ५६ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । कुष्ठरोग लागेका बिरामीलाई दिने औषधी ज्यादै महंगो हुने र एउटा गुणस्तरीय औषधीको मूल्य नै ५ लाख रुपैयाँ पर्ने उनले बताए । चितवनमा स्वास्थ्य कार्यालयमा नै कुष्ठरोगका बिरामीहरुलाई सेवा सुविधा दिने प्रयोगशाला रहेको छ । नेपालमा कुष्ठरोगका बिरामी हेर्ने मुख्यतया दुईवटा मात्रै आनन्दबान र लालगढ भन्ने अस्पताल रहेका छन् । सय जना व्यक्तिमा किटाणु प्रवेश गरेमा मात्र ३ जनालाई रोगका प्रारम्भिक लक्षण देखिने संभावना हुने तिवारीले जानकारी दिए । कुष्ठरोगका बिरामीलाई विभेद नगर्न उनले आग्रह गरेका छन् ।

चितवनमा कुष्ठरोग लागेका बढीजसो व्यक्तिहरु भरतपुर महानगरपालिकाको नारायणी किनार छेउमा बसोबास गर्ने गरेको तिवारीले जानकारी दिए । २०७५÷७६ सालको तथ्यांक अनुसार भरतपुरमा २९, रत्ननगरमा १०, खैरहनीमा ९, राप्तीमा ५, माडीमा ५, कालिका र इच्छाकामनामा १÷१ जना कुष्ठरोगका बिरामी रहेका छन् । समग्र नेपालमा भने २०७५÷७६ को तथ्यांक अनुसार कुष्ठरोगका ११.५६ प्रतिशत बिरामीहरु रहेका छन् ।

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १९:३७:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology