Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दि राइज इभेन्ट्सको ‘चितवन फेशन रन वे २' बैशाखमा हुने

दि राइज इभेन्ट्सको ‘चितवन फेशन रन वे २' बैशाखमा हुने

इच्छाकामना न्युज

१७, चैत्र २०८०
दि राइज इभेन्ट्सको ‘चितवन फेशन रन वे २' बैशाखमा हुने
images

चितवन । दि राइज इभेन्ट्सले ‘चितवन फेशन रन वे भोलुम २' आयोजना गर्ने भएको छ । पहिलो सिजनको सफलतापछि आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमार्फत भोलुम २ को औपचारिक घोषणा गरिएको हो ।

राइज इभेन्ट्स सिईओ तथा चितवनका चर्चित कोरियोग्राफर सलिन श्रेष्ठले बैशाख २९ गते ग्राण्ड फिनाले गर्ने गरी तयारी भइरहेको जानकारी दिए । श्रेष्ठका अनुसार यसका लागि मोडलहरुको आवेदन खुला गरिएको छ ।

कार्यक्रमका २० महिला र १० पुरुष गरी ३० जना मोडलहरुले क्याट वाक गर्ने उनले बताए । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् । यस्तै मोडलिङ ईच्छुक नयाँ अनुहारलाई पनि मौका दिईने श्रेष्ठले बताए ।

उनीहरुलाई १५ दिनको नि:शुल्क तालिम दिएर ग्राण्ड फिनालेका लागि तयार गरिनेछ । उनीहरुलाई क्याट वाकसँगै व्यक्तित्व बिकास, क्यामेर फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईनेछ । कार्यक्रमको माध्यमबाट भरतपुर भ्रमण वर्षको प्रवर्द्धन र प्रचारप्रसार पनि गर्ने योजना रहेको उनले सुनाए ।

पहिलो सिजनको तुलनामा यसपटक फरक तरिकाले कार्यक्रम गर्ने गरी तयारी भइरहेको इभेन्ट म्यानेजर बबिन गिरीले बताए । गिरीका अनुसार यस पटक फेशन शो सँगै सांगितिक कार्यक्रम पनि हुनेछन् । स्थानीय ब्याण्ड, डिजे तथा अन्य कलाकारहरुको प्रस्तुती रहनेछ । स्थानीय कलाकारहरुलाई अघि बढाउनका लागि यस पटक सांगितिक कार्यक्रम पनि थप गरिएको उनको भनाइ थियो ।  

कार्यक्रमबाट बचेको रकमको १० प्रतिशत आश्रमलाई सहयोग गर्ने योजना रहेको गिरीले बताए । सामाजिक उत्तरदायित्व बहन गर्दै यसपटक कार्यक्रमबाट बचेको रकमबाट खाद्यान्नलगायतका आवश्यक सामाग्री सहयोग गरिने उनले बताए । कार्यक्रमको अफिसियल डिजाइनिङ पार्टनरको रुपमा चित्रकथा बुटिक रहनेछ । चितवन फेशन रन वे को पहिलो सिजन गत वर्षको कार्तिकमा भएको थियो । 

images
images

images
प्रकाशित मिति :चैत्र १७, २०८० शनिवार - २१:५२:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology