Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एसईई आजदेखि, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने

एसईई आजदेखि, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने

इच्छाकामना न्युज

१५, चैत्र २०८०
एसईई आजदेखि, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक ल्याउनैपर्ने
images

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आजदेखि सुरु हुँदै छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ ।आज पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुनेछ ।

images
images

परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना गरी कुल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । यौनिक तथा लैंगिक अल्पसंख्यक विद्यार्थी रुपन्देहीबाट चार जना, पर्सा र सप्तरीबाट दुई/दुई जना तथा सुर्खेत, बाँके, दाङ, चितवन, गोरखा, खोटाङ र इलाम सुर्खेतबाट एकरएक जना छन् ।

एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ र मुस्ताङमा एकरएक केन्द्र तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र छन् । 

images
प्रकाशित मिति :चैत्र १५, २०८० बिहिवार - ०८:५६:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology