Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

इच्छाकामनाको सरलिङमा चट्याङ लागेर एकै घरका तीन जना घाइते

इच्छाकामनाको सरलिङमा चट्याङ लागेर एकै घरका तीन जना घाइते

images

इच्छाकामना न्युज

१३, चैत्र २०८०
इच्छाकामनाको   सरलिङमा  चट्याङ लागेर एकै घरका तीन जना घाइते
images

कुरिनटार :  इच्छाकामनामा चट्याङ लागेर तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित  स्थानीय ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११ बजेको समयमा चट्याङ परेको हो ।
 चट्याङबाट सोमबहादुर चेपाङका श्रीमति ५० वर्षीय सानुमाया चेपाङ, १० वर्षीय छोरी मनिषा चेपाङ र १२ वर्षीय छोरा रामबहादुर चेपाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिनुभयो । 
सानुमाया र मनिषा सामान्य घाइते भएको र उनीहरुको हात्तीवाङ काउले स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रवक्ता भण्डारीले बताउनुभयो । छोरा रामबहादुरको भने हातखुट्टा, पेट र अनुहार डढेको र उहाँको आधारभुत अस्पताल कुरिनटारमा उपचार भइरहेको उहाँले बताउनुभयो । चट्याङबाट एक कोठे कच्ची घर पनि जलेर  नष्ट भएको उहाँले बताउनुभयो । 

images
प्रकाशित मिति :चैत्र १३, २०८० मंगलवार - १२:२७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology