Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आदिवासी जनजाति महोत्सव : रामजी खाँणले तताए नारायणी किनार

आदिवासी जनजाति महोत्सव : रामजी खाँणले तताए नारायणी किनार

images

इच्छाकामना न्युज

११, चैत्र २०८०
आदिवासी जनजाति महोत्सव : रामजी खाँणले तताए नारायणी किनार
images

नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा शनिबार साँझ लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीले धमाका मच्चाएका छन्। शुक्रबारदेखि नारायणी नदी किनारमा सुरू भएको महोत्सवमा गायक ठकुरीले नयाँ तथा पुराना गीत गाएर सन्धयाकालीन दर्शक उफारेका हुन्।

हालै चर्चामा रहेको दोहोरी गीत ‘बेल्ले छ्याँबा मो’ गाउँदै उनी मञ्च उक्लिँदा सूर्यास्त भइसकेको थियो। साँझ ढल्किँदै जाँदा रामजीको प्रत्यक्ष आवाज पर्खेर बसिरहेका दर्शकहरूले भरपुर मनोरञ्जन लिएका छन्।

‘झिमझिम गर्ने परेलीमा धेरै गाजल नलगाउ, हल्काहल्का लाएको दामी देखिन्छ’ भन्दा दर्शकदीर्घा धुलो उडाउँदै थिए। ‘जाम भन्यो लाहुरेले’, ‘फूल फुलेर पहेँलै भयो’लगायतका गीत गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए।

यस्तै चितवने गायक मुक्ति सापकोटा, कृष्ण तामाङ, उपेन्द्र गोरखालीलगायत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकारहरूले नाचगान गरेर रमाइलो गरेका थिए। साथै प्रत्यक्ष दोहोरीमार्फत मनोरञ्जनसमेत दिलाएका थिए।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक पहिचानले समेत निरन्तरता पाइरहेको छ। फागु पर्व संघारमै आउँदा शनिबारको मञ्चमा पनि थारू कलाकारहरूले प्रस्तुति दिएका थिए।

साथै तमू (गुरूङ) विद्यार्थी छोंज धीँ चितवन, नेपाल मगर विद्यार्थी संघका कलाकारहरूले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजाति समुदायका साँस्कृतिक नृत्यले निरन्तरता पाउने महोत्सवका साँस्कृतिक संयोजक ईश्वर रानामगरले जानकारी दिए।

साँस्कृतिक कार्यक्रममै सिलसिलामा आज आइतबार राष्ट्रियस्तरका कलाकारहरू अस्मिता डल्लाकोटी, महिमा श्रेष्ठ, श्याम राना, दीपक खड्कालगायत आउने साँस्कृतिक कार्यक्रम संयोजक मगरले जानकारी दिए। त्यसका आलवा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकार तथा चितवनका स्थानीय कलाकारहरूले मनोरञ्जन दिलाउने छन्।

साँस्कृतिक गाउँ नै प्रमुख आकर्षण

महोत्सवको प्रवेशद्वारमै निर्माण गरिएका आदिवासी जनजाति परिसरले महोत्सव अवलोकन गर्न आउनेहरूको ध्यान खिचेको छ। ११ वटा जातजातिको पहिचान झल्किने गरी बनाइएको नमुना घर नै धेरैले मन पराएको आदिवासी जनजाति साँस्कृतिक घर निर्माण उपसमितिका संयोजक सञ्जय कुमालले दाबी गरे।

महोत्सवमा शनिबार ‘सिल्भर म्यान’ले पनि एउटा हातले फलामको डण्डीमा टेकेर उभिएको दृश्यलाई पनि धेरैले मन पराएका छन्। मञ्चको दायाँतर्फ नदी किनारमा बनाइएको पेटीमा उभिँदा धेरै जना त्यहीँ झुम्मिएका थिए। धेरैजनाले तस्बिरसमेत खिचेका थिए।

महोत्सव अवधिभर हरेक दिन यस्तै फरक खालका दृश्य देख्न पाइने व्यवस्था मिलाइएको आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराले जानकारी दिए। 

images
प्रकाशित मिति :चैत्र ११, २०८० आइतवार - १०:५६:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology