Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

नियमित मर्मतका लागि आज १ दिन मनकामना केबुलकार बन्द

नियमित मर्मतका लागि आज १ दिन मनकामना केबुलकार बन्द

images

इच्छाकामना न्युज

७, चैत्र २०८०
नियमित मर्मतका लागि आज १ दिन मनकामना केबुलकार बन्द
images

चेरेस । नियमीत मर्मत संभारका लागि आज १ दिन मनकामना केबुलकार बन्द भएको छ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज १ दिनका लागि सेवा बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रवन्धक उज्वल शेरचनले जानकारी दिनुभयो ।

उहाँका अनुसार केबल रहेका टावर मघ्ये टावर नम्बर ३, १२, १३ र १४ को नियमित मर्मतसम्भार हुन लागेको हो । मर्मत लगत्तै भोली बिहानैदेखि नियमित सञ्चालनमा आउने र यात्रुलाई सेवा दिने नायब महाप्रबन्धक शेरचनले बताउनुभभयो ।

प्रालिले यात्रुको सुरक्षालाई प्रमुख ग्रायता दिदै आएको छ । प्रालिले प्रत्येक ४÷४ महिनामा केबुलकारको मर्मत गर्ने गर्दछ । केबुलकार तल्लो स्टेशन चितवनको चेरेश र माथिल्लो स्टेशन गोरखाको मनकामना मन्दिर नजिकै रहेको छ ।

images
प्रकाशित मिति :चैत्र ७, २०८० बुधवार - ०८:५०:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology