Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिप : सेमिफाइनलमा शहिद लखनको घैरुङ एफसी पराजित

सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिप : सेमिफाइनलमा शहिद लखनको घैरुङ एफसी पराजित

images

इच्छाकामना न्युज

६, चैत्र २०८०
सेन्ट्रल कलेज भरतपुर च्याम्पियनसिप : सेमिफाइनलमा शहिद लखनको घैरुङ एफसी पराजित
images

चितवन । रोमाञ्चक खेलमा घैरुङ एफसीलाई हराउँदै २८ बिगा भरतपुरमा जारी सेन्ट्रल कलेज प्रथम भरतपुर फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

आज ९मंगलबार० सम्पन्न पहिलो सेमिफाइनलमा घैरुङ एफसीलाई सडन डेथमा हराउँदै २८ बिगा फाइनलमा प्रवेश गरेको हो । रोमाञ्चक खेलको निर्धारित समय २(२ को बराबरीमा सकिएको थियो । 

खेलको निर्धारित समयमा २८ बिगाले दुई पटक लिएको अग्रता जोगाउन सकेन । उसका लागि दुबै गोल विश्व लामाले गरे । खेलको १४ औं मिनेटमा विश्वको गोलमा २८ बिगाले अग्रता लिएको थियो । तर ३६ औं मिनेटमा सन्जय श्रेष्ठले घैरुङका लागि बराबरी गोल फर्काए ।

पहिलो हाफको अतिरिक्त समयमा पुनः विश्वले गोल गर्दै २८ विघालाई अग्रता दिलाए । ६३ औं मिनेटमा सन्जयको गोलमा घैरुङ खेलमा फर्कियो । बाँँकी समयमा गोल हुन सकेन र खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि २(२ को बराबरी भएपछि खेल सडन डेथमा धकेलियो । जसमा २८ विगा विजयी भयो । टाइब्रेकरमा दुई प्रहार बचाएका २८ बिगाका गोलकिपर विरेन्द्र सारु मगर म्यान अद दि म्याच भए । 

यो सँगै फाइनल प्रवेश गरेको २८ बिगाले उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बुधबार आबुखैरहनी गाउँपालिका र गैंडाकोट एफसी भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ । 

 चितवन ११ फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिता चैत १० गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले तीन लाख ३ हजार तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।

images
प्रकाशित मिति :चैत्र ६, २०८० मंगलवार - २०:५१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology