Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

७ महिनामा वाणिज्य बैंकहरूको नाफा साढे ३५ अर्ब रुपैयाँ

७ महिनामा वाणिज्य बैंकहरूको नाफा साढे ३५ अर्ब रुपैयाँ

images

इच्छाकामना न्युज

१, चैत्र २०८०
७ महिनामा वाणिज्य बैंकहरूको नाफा साढे ३५ अर्ब रुपैयाँ
images

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा वाणिज्य बैंकहरूले साढे ३५ अर्ब रुपैयाँ बराबरको नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्म २० वटा वाणिज्य बैंकहरूले ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ बराबर खुद नाफा गरेका हुन् ।

वाणिज्य बैंकहरुले मध्ये नबिलले सबैभन्दा धेरै नाफा कमाएको छ । समीक्षा अवधिमा बैंकले ७ महिनामा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा गरेको हो । यस्तै, दोस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।

तेस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समिक्षा अवधिमा धेरै नाफा कमाउनेको चौथो स्थानमा भने प्राइम कमर्सियल बैंक रहेको छ । बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ३८ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले २ अर्ब १४ करोड ३० लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । यस्तै, समिक्षा अवधिमा एभरेष्ट बैंकले १ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ९४ करोड १७ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८३ करोड ७४ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ५७ करोड ३३ लाख रुपैयाँ नाफा कमाएका हुन् ।

सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड ८७ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ४० करोड १२ लाख रुपैयाँ, कुमारी बैंकले १ अर्ब १२ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् । यस अवधिमा सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड ४ लाख रुपैयाँ, नेपाल बैंकले ९५ करोड ९१ लाख रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

images
प्रकाशित मिति :चैत्र १, २०८० बिहिवार - ०८:१४:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology