Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जीबी राई सिंगापुरबाट पक्राउ परेको बजारमा हल्ला, प्रहरी भन्छ ‘जानकारी छैन!

जीबी राई सिंगापुरबाट पक्राउ परेको बजारमा हल्ला, प्रहरी भन्छ ‘जानकारी छैन!

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०८०
जीबी राई सिंगापुरबाट पक्राउ परेको बजारमा हल्ला, प्रहरी भन्छ ‘जानकारी छैन!
images

काठमाडौं । देशभर सहकारीको नेटवर्क खडा गरी १६ अर्ब भन्दा बढी ठगीको आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) पक्राउ परेको हल्ला चलाइएको छ। मलेसियामा रहेको भनिएका राई सिंगापुरबाट पक्राउ परेको बताइएको छ। प्रहरी महानिरीक्षक वसन्त कुवरले भने राई पक्राउ परेको आफूलाई जानकारी नभएको र त्यसको पुष्टि गर्न लागि परेको बताएका छन्।

रेड नोटिस जारी भएका व्यक्ति पक्राउ गर्दाका बखत सम्बन्धित देशले रेड नोटिस जारी गर्ने प्रहरी कार्यालयलाई पक्राउ गर्नुको आधार र कारण माग्दछ। जीबी राईको हकमा नेपाल प्रहरीसँग पक्राउ परेको भनिएको देश सिंगापुरले आज बिहानसम्म कुनै आधार कारण मागेको छैन। व्यक्ति लोकेट भइसकेपछि पक्राउ पर्नुको कारण के हो भनेर सोध्ने गर्दछ नेपाल प्रहरीलाई योबारे जानकारी छैन, प्रहरी प्रधान कार्यालयको श्रोतले भन्यो।

राई समूहले पोखरामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, बुटवलमा सुप्रिम बचत तथा ऋण सहकारी संस्था, नेपालगन्जमा समनता बचत तथा ऋण सहकारी संस्था, चितवनमा सहारा चितवन बचत तथा ऋण सहकारी संस्था, वीरगन्जमा सोना पाइला बचत तथा ऋण सहकारी संस्था चलाएको थियो। काठमाडौंमा हाम्रो नयाँ कृषि सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लगायत पनि राई समूहबाटै सञ्चालन भएको थियो।

 
 

images
प्रकाशित मिति :फाल्गुण २४, २०८० बिहिवार - १२:०८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology