Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बन्दीपुरको हूस्लाङ र साराङघाटमा ग्लोबल आइएमईको दुई वटा शाखा रहित बैंकिङ सेवा सुरु

बन्दीपुरको हूस्लाङ र साराङघाटमा ग्लोबल आइएमईको दुई वटा शाखा रहित बैंकिङ सेवा सुरु

इच्छाकामना न्युज

१९, फाल्गुण २०८०
बन्दीपुरको हूस्लाङ र साराङघाटमा ग्लोबल आइएमईको दुई वटा शाखा रहित बैंकिङ सेवा सुरु
images
तनहुँ । ग्लोबल आइएमई बैंक लिमिटेडले तनहुँको बन्दीपुरमा  दुई वटा शाखा रहित बैंकिङ सेवा सुरु गरेको छ । बन्दीपुर शाखा अन्तर्गत रहने गरी बन्दीपुर गाउँपालिका वडा नं ६ स्थित धरमपानी हुस्लाङ हटिया र वडा नं ६ कै साराङघाटमा  नयाँ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

शुक्रबार धरमपानी स्थित हूस्लाङ शाखाको  बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा र ग्लोबल आईएमई बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयका प्रदेश प्रबन्धक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरे ।
 
शनिबार साराङघाट शाखाको प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष पञ्चमायाँ गुरुङ र गण्डकी प्रदेश प्रबन्धक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा प्रतिनिधिलाई प्रमाणपत्र तथा मसिन हस्तान्तरण गरेर उद्घाटन गरे ।

बैंकका शाखा निकै टाढा भएका स्थानमा सेवाग्राहीलाई घरदैलोमै सेवा दिने उद्देश्यले शाखा रहित बैंकिङ सुरु गरिएको हो ।
FB_IMG_1709295494871.webp
 
बैंकले धरमपानी स्थ्ति हुस्लााङमा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय युग्मा गुरुङ    र  साराङघाटमा गरेको सेवाको लागि स्थानीय सुनिता थापा  लाई व्यवसायीक प्रतिनिधि नियुक्त गरेको छ । तनहुँमा  सुरु गरिएका २ सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २७७ पुगेको छ ।
 
ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ्ग सेवामा पैसा जम्मा गर्ने, भुक्तानी गर्ने, मोवाईल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुबिधा छन् । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकको छ ।

के हो शाखारहित बैंकिङ सेवा ?

बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैंकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैंकिङ सेवाको तुलनामा शाखा रहित बैंकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैंकिङ सेवा प्रवाह गरिरहेका हुन्छन् ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - २२:१४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology