Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत समापन गरिँदै

images

इच्छाकामना न्युज

१२, फाल्गुण २०८०
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत समापन गरिँदै
images

काठमाडौं । माघ शुक्ल पूर्णिमा अर्थात् आज स्वस्थानी व्रत समापन गरिने दिन । एक महिनादेखि चलिरहेको श्रीस्वस्थानी व्रत शनिबार विधिपूर्वक समापन गरिन लागेको हो ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमामा शुरु गरी माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ ।

माघ शुक्ल पूर्णिमाका दिन दीप–कलश–गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकासहित श्रीस्वस्थानी देवीको विशेष पूजा–अर्चना गर्ने गरिन्छ । महादेवसहित स्वस्थानीको पूजा आराधना गरी अर्घ दिई विधिपूर्वक पूजा गर्नाले मनोकांक्षा पूर्ण हुने मान्यता छ ।

समापनको पूजामा अक्षता, बेलीपुष्प, जनै, रोटी, पान, सुपारी र मौसमअनुसारका फलफूल एवं बत्ती १०८ को संख्यामा चढाउने विधान छ । यसरी चढाएको नैवैद्यमध्ये आठ रोटी, आठ पान, आठ सुपारी र फल श्रीमान् वा छोरा (छोरी) लाई दिई १०० रोटी व्रतालुले खाने नियम छ ।

सत्ययुगमा महादेव पति पाउन देवी पार्वतीले भगवान् विष्णुको सल्लाहमा स्वास्थानी परमेश्वरीको व्रत बसेको बताइन्छ । महादेव पति पाएपछि पार्वतीले नै यो व्रतको प्रचार गर्न लगाएको व्रतकथामा उल्लेख छ । माघस्नान र स्थानीय तीर्थस्थलमा लागेका मेला–पर्व पनि यही पूर्णिमामा समापन गरिन्छ ।

images
प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - ०८:३८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology