Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

गाजाको नासेर अस्पताल इजरायलको घेराबन्दीमा

गाजाको नासेर अस्पताल इजरायलको घेराबन्दीमा

images

एजेन्सी

७, फाल्गुण २०८०
गाजाको नासेर अस्पताल इजरायलको घेराबन्दीमा
images

एजेन्सी । इजरायली डिफेन्स फोेर्स आइ.डी.एफ का सेनाहरु गाजाको नासेर अस्पतालमा प्रवेश गरेपछि सो अस्पतालले आफनो सम्पुर्ण सेवा बन्द गरेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार हमास लडाकुहरुले बन्धक बनाएकाहरु सोही अस्पतालमा राखेको आशंकामा आइ.डी.एफका सेना सो अस्पतालमा प्रवेश गरी अस्पताललाई पुरै घेराबन्दीमा पारेका छन् ।

डब्ल्युएचओका प्रमुख अधानोम गेब्रृेयससले गाजाको नासेर अस्पपतालमा रहेका बिरामीहरुको अवस्था बुझ्न गएका डब्ल्युएचओको टोलीलाई प्रवेशमा रोक लगाएको बताउँदै त्यहाँको स्थिति भयावह रहेको जनाउनु भएको छ ।

सो अस्पतालमा इजरायली सेनाले अक्सिजन र बिजुली आपुर्ती समेत बन्द गर्दा बिरामीहरु थप मारमा परेका छन् । अस्पतालमा २ सय बढी बिरामी रहेको र जसमध्ये २० जनाको अवस्था गम्भीर रहेकाले थप स्वास्थ्य उपचार आवश्यक भएको औंल्याइएको छ ।

यसैबीच सो अस्पताल परिसरमा इजरायली सेनाले गरेको आक्रमणमा परि २० जना हमासका लडाकु मारिएको इजरायली दाबी छ ।गत अक्टोबर ७ यता इजरायली सेनाले गरेको आक्रमणमा २८ हजार प्यालेस्टेनीको मृत्यु भइसकेको छ ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - ०९:००:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology