धादिङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार स्थानीय तह संस्थागत क्षमता र स्वमूल्याङ्ककनमा धादिङको बेनीघाट रोराङ गाउँपालिका देशभरमै द्वितिय भएका छन् । ९९.७५ प्रतिशत अंकका साथ ७५३ स्थानीय तह मध्य द्वितिय भएका भएका हुन् ।
मधेश प्रदेशको महोत्तरी गाउँपालिका १०० प्रतिशत अंकका साथ देश कै पहिलो, चितवनको खैरहनी नगरपालिका ९८.५ अंकका साथ तृतिय, रत्ननगर नगरपालिका ९८ अंकका साथ चौंथो हुँदा धादिङ कै नीलकण्ठ नगरपालिका पाँचौं भएका छन् ।
शासकीय प्रबन्ध, संगठन तथा प्रशासन , बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन , सेवा प्रवाह, न्यायीक कार्यसम्पादन,भौतिक पूर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य समन्वय जस्ता सूचकलाई मुल्याङ्कनको आधार मानिएको छ ।