Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्क्रिप्टका कारण अड्कियो अक्षयको ‘साइको’

स्क्रिप्टका कारण अड्कियो अक्षयको ‘साइको’

इच्छाकामना न्युज

३, फाल्गुण २०८०
स्क्रिप्टका कारण अड्कियो अक्षयको ‘साइको’
images

मुम्बई। गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए। यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो।

images
images

मनोवैज्ञानिक एक्सन थ्रिलर फिल्म ‘साइको’का लागि उनीहरु सहकार्य गर्ने अन्तिम तयारी भइरहेको थियो। गत जनवरीबाट फिल्म सुटिङमा जाने कुरा भए पनि अहिलेसम्म जान सकेको छैन। अब भने यो फिल्मलाई निर्माताले ‘होल्ड’मा राखेका छन्।

समाचारअनुसार अक्षय, मोहित र रोहित स्क्रिप्ट र कथाको ‘ट्रिटमेन्ट’लाई लिएर एकमत हुन सकेका छैनन्। ‘मोहित र अक्षय फिल्म एक निश्चित शैलीमा बनोस् भन्ने चाहन्छन्, तर रोहित भने केही व्यावसायिक बनोस् भन्ने ठान्छन्। स्क्रिप्ट सन्तुलित बनाए पनि रोहित त्यसमा सहमत हुन सकेनन्। अन्ततः सहमति नहुँदा फिल्मको काम केही समयका लागि रोकिएको छ’, स्रोतले भनेको छ।

अक्षय र मोहित सन् २०१८ देखि नै टिम बनाएर काम गर्ने प्रयासमा छन्। तर पनि फिल्म निर्माणमा सहमति बन्न सकेको छैन। अक्षय अब साजिद नाडियाडवालाका लागि ‘हाउसफूल ५’ सुरु गर्दैछन्। यहीबीचमा उनी केसी शंकरनको बायोपिक र ‘खेल खेल’को काम पनि सकाउने ध्याउन्नमा छन्। अक्षय र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा रिलिजको तयारीमा छ।

 

images
प्रकाशित मिति :फाल्गुण ३, २०८० बिहिवार - ०९:१९:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology