Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा इच्छाकामना जिल्लामै दोस्रो 

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा इच्छाकामना जिल्लामै दोस्रो 

चित्र बहादुर गुरुङ

१, फाल्गुण २०८०
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा इच्छाकामना जिल्लामै दोस्रो 
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजामा जिल्लामै दोस्रो भएको छ । अहिलेसम्म प्रकाशित चितवनका ७ स्थानीय तहमध्य ६ स्थानीय तहको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजामा इच्छाकामना दोस्रो भएको हो ।

images
images

नतिजा अनुसार आर्थिक वर्ष २०७९। ०८० मा इच्छाकामना गाउँपालिकाको नतिजा ८६.५ रहेको छ । अघिल्लो वर्ष र यो वर्षको नतिजालाई आधार मान्दा इच्छाकामनाको नतिजामा ३६ अंकको साथ उल्लेख्य सुधार गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको हो । गाउँपालिकाले अघिल्लो वर्ष ५०.५ अंक ल्याउदै छैटौं स्थानमा सिमित रहेको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न ५ वटा सुचाङ्कमा बर्सेनि स्थानीय तहहरुको वित्तिय मूल्याङ्कन गर्ने गरेको छ सोही अनुरुप उनीहरुले पेस गरेका योजनामा बजेट पठाउँदै आएको छ ।

इच्छाकामनाले यस वर्ष पाएको अंक मध्य योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन २०, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २४, लेखाङ्कन तथा प्रतिवेदन १७, अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण १०.५ र राजस्व व्यवस्थापन १५ अंक पाएको छ । 

मुल्याङ्कनमा इच्छाकामना गाउँपालिकाले दोस्रो स्थान पाउन सफल भएकोमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले खुशी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘हामी पालिकाका सबै मिलेर नेपालको ऐन, कानुन, कार्यविधि भित्र रही वित्तिय अनुसाशन कायम गरेर काम गरेकै कारण यो स्थान हासिल गर्न सफल भएका हौं ।’ 

यस्तै आगामी दिनमा अझ प्रगती गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

FRA1 copy.jpg

यसैगरी खैरहनी नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजामा९९ अंकको साथ जिल्लामै प्रथम हुन पुगेको छ भने गतवर्ष दोस्रो स्थान ओगटेको राप्ती नगरपालिका यो मूल्याङ्कनमा सहभागी हुनै सकेन । 

यसैगरी मूल्याङ्कनमा रत्ननगर नगरपालिका ८३ अंकको साथ तेस्रो, कालिका नगरपालिका ८५.५ अंकको साथ चौथो, माडी नगरपालिका ७७.५ अंकको साथ पाँचौ र भरतपुर महानगरपालिका ७६.५ अंकको साथ पुछारमा परेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १, २०८० मंगलवार - १०:५०:३७ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology