Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

दोश्रो आँबुखैरेनी कप २०८० को उपाधीमा आयोजक अल स्टार क्लबको कब्जा

दोश्रो आँबुखैरेनी कप २०८० को उपाधीमा आयोजक अल स्टार क्लबको कब्जा

images

इच्छाकामना न्युज

२७, माघ २०८०
दोश्रो आँबुखैरेनी कप २०८० को उपाधीमा आयोजक अल स्टार क्लबको कब्जा
images

आँबुखैरेनी । आयोजक अल स्टार क्लब आँबुखैरेनी तनहुँले दोश्रो आँबुखैरेनी कप–२०८० (इलेभेन ए साईड)  फुटबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ । आज भएको फाइनल खेलमा नव युवा क्लब व्यास–१, हाईस्कुलटार दमौलीलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आयोजक अल स्टार क्लबले दोश्रो आँबुखैरेनी कपको उपाधी कब्जा गरेको हो । 

गोरखकाली रबर उद्योगको खेल मैदानमा भएको फाइनल खेलको पहिलो हाल्पमा २–० को अग्रता रहेको अल स्टार क्लबले दोसो हापमा पनि २ गोल गर्दै ४–० को सहत जित निकाल्न सफल भयो । 

426569202_813682160780567_3407119913480764826_n.jpg

जित संगै आयोजक अल स्टार क्लब आँबुखैरेनीले नगद २ लाख, ट्रफी, मेडल, प्रमाणपत्र हात पारेको छ, भने उपबिजेता नव युवा क्लब व्यास–१, हाईस्कुलटारले नगद १ लाख, ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गरेको छ । 

यसैगरी, खेलमा उत्कृष्ट खेलाडी नव युवा क्लबका तर्फबाट समिन थापा मगर,  सर्वाधिक गोल कर्ता अल स्टार क्लबका तर्फबाट अनुज किजिम मगर, उत्कृष्ट गोल रक्षक अल स्टार क्लबका तर्फबाट आकाश रानाभाट घोषित भए । उत्कृष्ट खेलाडी, सर्वाधिक गोल कर्ता र उत्कृष्ट गोल रक्षकले नगद रु। ५ हजारको साथमा ट्रफी प्राप्त गरेका छन । माघ २० गते बाट संचालित प्रतियोगितामा तनहुँ र गोरखा जिल्लाका गरि ८ फुटबल टिमको सहभागीता रहेको खेल संयोजक सुशील पाण्डेले जानकारी दिए ।

images
प्रकाशित मिति :माघ २७, २०८० शनिवार - २१:५१:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology