Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? छिम्केश्वरी माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? छिम्केश्वरी माईको दर्शन गर्दै हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

२६, माघ २०८०
कस्तो रहला तपाईको आजको दिन ? छिम्केश्वरी माईको दर्शन गर्दै हेर्नुस् राशिफल
images

२०८० माघ २६ गते ्र शुक्रवार ९ फेब्रुअरी २०२४। माघ कृष्णपक्ष चतुर्दशी तिथि, ७ः३४ बजेपछि औंसी। श्रवण नक्षत्र। चन्द्रराशि मकर।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
थालेको काम परिस्थितिवश पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याप्रति गम्भीर नहुँदा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अतिथिको रूपमा सत्कार पाइएला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा विशेष फाइदा हुने समय छ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। नयाँ काम प्रारम्भ गर्न केही समय प्रतीक्षा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। काममा मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा सफलता प्राप्त हुनाले थप हौसला जाग्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :माघ २६, २०८० शुक्रवार - ०७:३७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology