काठमाडौं । देशको पहाडी भू-भागमा अहिले आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भेगका केहीस्थानमा हल्का हिमपातको सम्भावना छ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव छ। यसैको प्रभावस्वरूप बिहीबार पश्चिम नेपालमा वर्षा भएको थियो। काठमाडौं र आसपासका केही जिल्लाका साथै तराई-मधेशमा समेत हल्का पानी परेको थियो।