Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सामाजिक अभियान्ता गिभिना मगर गम्भीर बिरामी, वीर अस्पतालमा उपचार हुदै

सामाजिक अभियान्ता गिभिना मगर गम्भीर बिरामी, वीर अस्पतालमा उपचार हुदै

images

इच्छाकामना न्युज

१८, माघ २०८०
सामाजिक अभियान्ता गिभिना मगर गम्भीर बिरामी, वीर अस्पतालमा उपचार हुदै
images

काठमाडौं । पोखराकी युवा सामाजिक अभियान्ता गिभिना मगर गम्भीर विरामी भएकी छन् । उनी चार दिनयताबाट काठमाडौैंको वीर अस्पतालमा उपचारका क्रममा छिन् । आफूलाई के भएको हो भनेर उनले बताउन चाहेकी छैनन् । आफूलाई पुरानै रोग बल्झिएका कारण उपचारमा रहेको उनले सञ्चारकर्मीलाई बताएकी छन् ।

टिकटक लाइभमा बस्दा आएको पैसाले लामो समयदेखि सामाजिक सेवा गर्दै आएकी गिभिनाले आफू एक्कासी बेहोस भएर अस्पताल भर्ना भएको बताएकी छन् । यसअघि पनि आफू बेला बेलामा बेहोस हुँदै आएको र यसपटक सो समस्या निकै बढेको उनले बताएकी छन् । उनी मस्तिष्कसम्बन्धी समस्याबाट ग्रसित भएको बताइएको छ । उनले यसलाई ‘पेनिक एट्याक’ भनेकी छन् । तर, अस्पतालले भने उनको अवस्था सुरुको भन्दा सामान्य हुँदै गएको जनाएको छ ।

बिरामीका कारण अस्पताल भर्ना भएपछि एकपटक टिकटक तथा फेसबुक लाइभमा आएर आफू गम्भीर बिरामी भएको उनले बताएकी छन् । त्यसपछि गिभिना सामाजिक सञ्जालमा लाइभमा आएकी छैनन् । उनी तन्नेरी पुस्ताकी सामाजिक अभियान्ताका रूपमा परिचित छिन् । सामाजिक सञ्जालमा खोजिने व्यक्तिमा उनी पनि पर्छिन् ।

पोखरा निवासी गिभिना पेसाले शिक्षिका हुन् । उनले स्कुले जीवनबाटै सामाजिक कार्यमा हात हालेकी हुन् । स्कुल अध्ययनका क्रममा आफ्नो खाजाको खर्च जोगाएर विभिन्न पाटीपौवा तथा चौतारोमा रहेका दिनदुःखीलाई पैसा तथा विभिन्न सामग्री प्रदान गरेर सामाजिक कार्य सुरु गरेको उनले बताउँदै आएकी छन्, ‘मैले स्कुले जीवनबाट सुरु गरेको सामाजिक कार्यलाई निरन्तता दिँदै आएकी छु । पछिल्लो समय टिकटक लाइभमा बसेर त्यसबाट उठेको रकम सामाजिक कार्यमै लगाउँदै आएकी छु ।’

उनले मिर्गौला पीडित, सडकमा अलपत्र परेका तथा विभिन्न प्राणघातक रोगबाट पीडित आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई आर्थिक सहयोग गर्दै आएकी छन् । ‘मलाई यसरी दिनदुःखीको सहयोग गर्न पाउँदा निकै आनन्द मिल्ने गरेको छ,’ उनले बताएकी छन् ।

images
प्रकाशित मिति :माघ १८, २०८० बिहिवार - ०९:३९:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology