Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

राआवि पैरेनीको नयाँ भवन निर्माण सम्पन्न, इच्छाकामना अध्यक्ष गुरुङद्वारा उद्घाटन

राआवि पैरेनीको नयाँ भवन निर्माण सम्पन्न, इच्छाकामना अध्यक्ष गुरुङद्वारा उद्घाटन

images

इच्छाकामना न्युज

१६, माघ २०८०
राआवि पैरेनीको नयाँ भवन निर्माण सम्पन्न, इच्छाकामना अध्यक्ष गुरुङद्वारा उद्घाटन
images

पैरेनी । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा रहेको राष्ट्रिय आधारभुत विद्यालय पैरेनीको नयाँ भवन निर्माण सम्पन्न भएको छ । करिब २ वर्ष अघिदेखि निर्माण थालिएको भवनको निर्माण सम्पन्न भएको हो ।

422629528_778208111001934_8261068681028106218_n.jpg

नवनिर्मित भवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले आज मंगलबार एक कार्यक्रमका बिच समुद्घाटन गरेको छ । समुद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै अध्यक्ष गुरुङले शिक्षा विकासका लागि इच्छाकामनाको अधिकांश विद्यालयहरुको कक्षाकोठा सुधारका लागि गाउँपालिका लागिपरिरहेको बताए ।

420709521_910949550641888_8028282520473505240_n.jpg

यस्तै गाउँपालिकाको आर्थिक अनुदान र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतबाट विद्यालयको नयाँ भवन निर्माण तथा कम्पाउण्डिङको काम गरिएको विद्यालयका प्रध्यानाध्यापक देव कुमार गुरुङले जानकारी दिए । उनका अनुसार यसका लागि स्थानीय सरकार र समुदायको श्रमदान गरि करिब ४६ लाख १० हजार रुपैयाँ खर्च भएको छ ।

 

images
प्रकाशित मिति :माघ १६, २०८० मंगलवार - १२:००:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology