Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इच्छाकामना स्याङदी स्थित चण्डेश्वरी विद्यालयका साना विद्यार्थीहरु चकटी समेत पर्याप्त नहुदाँ चिसो भुइमा बसेर पढ्न बाध्य

इच्छाकामना स्याङदी स्थित चण्डेश्वरी विद्यालयका साना विद्यार्थीहरु चकटी समेत पर्याप्त नहुदाँ चिसो भुइमा बसेर पढ्न बाध्य

इच्छाकामना स्याङदी स्थित चण्डेश्वरी विद्यालयका साना विद्यार्थीहरु चकटी समेत पर्याप्त नहुदाँ चिसो भुइमा बसेर पढ्न बाध्य
images

स्याङदी । शहर बजारमा अहिले स्मार्ट कक्षाको अवधारणा अनुसार पठन पाठन सुरु भैसक्यो । तर ग्रामिण भेगका विद्यालयहरुमा भने अहिले पनि स्मार्ट कक्षाको कुरा त परको कुरा राम्रोसँग बसेर पढ्न पाउने अवस्थामा समेत छैन । यस्तै मध्यको एक हो, चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित चण्डेश्वरी आधारभुत विद्यालयका साना कक्षाका विद्यार्थीहरु । उनीहरु यो कठ्याङ्ग्रीदो चिसो मौसममा पनि सिमेन्टको चिसो भुइमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयमा कक्षा १ र शिशुमा अध्ययनरत विद्यार्थीहरु विद्यालयमा चकटी समेत पर्याप्त नहुदाँ चिसो भुइमा बसेर पढ्न बाध्य भएका हुन् ।

images
images

विद्यार्थी संख्या धेरै भएको तर त्यो अनुसार चकटीको व्यवस्थापन हुन नसक्दा साना नानीबाबुहरुलाई भुईमै राखेर पठाउन बाध्य भएको विद्यालयका प्रध्यानाध्यापक निशा गुरुङले जानकारी दिए । उनका अनुसार विद्यालयमा दुई वटै कक्षामा गरेर ५९ जना विद्यार्थीहरु छन् तर उनीहरुको लागि विद्यालयमा २०–२२ वटा मात्र चकटी उपलब्ध रहेको छ ।

विद्यालयले शिक्षक अभाव भएका कारण शिशु कक्षा र १ कक्षाका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर पढाउने गरेका छन् । जसका कारण एकातिर कक्षाकोठा साघुरो बनेको छ भने विद्यार्थीको लागि आवश्यक चकटी नहुदाँ चिसो भुइमै बसेर पढ्नुपर्ने बाध्यतामा साना नानीबाबुहरु रहेका छन् । 

यद्यपी घाम लागेको बेला भने बाहिर खुला स्थानमा राखेर पढाउने गरिएको प्रध्यानाध्यापक गुरुङले बताइन् । घाम नलागेको बेला भने चिसोमै राख्नुपर्ने बाध्यता रहेको उनले बताईन् ।

हास्दै खेल्दै रमाउदै पढ्न पाउनुपर्ने बेला यसरी चिसो भुईमा बसेर पढ्नुपरेपछि विद्यार्थीले केही सिक्ने त के कुरा उल्टै साना बालबालिकाहरुलाई चिसोले बिरामी बनाउने जोखिम बढि हुन्छ । सम्बन्धित निकायले बेलैमा ध्यान पु¥याउन जरुरी देखिन्छ । 

विद्यालयमा गुरुङ, चेपाङ र मगर समुदायका विद्यार्थीहरु अध्ययनरत छन्।

images
प्रकाशित मिति :माघ १५, २०८० सोमवार - ०९:४९:४६ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology