पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहकारी ठगीको अनुसन्धानमा तानिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सबैतिरबाट कागजात संकलन गरी अनुसन्धान अघि बढाएको हो।
पत्र पठाइसकेपछि फोन गरेर पनि उनले फाइल सीआईबीमा पठाउन ताकेता गरेका थिए । सीआईबीको पत्रपछि जिल्लाले ती फाइल गत साता नै पठाइसकेका छन् । तर जारी अनुसन्धानबारे उनले बताउन चाहेनन् ।अहिले सीआईबीले सबै जिल्लाबाट आएका फाइल अध्ययन गरिरहेको सीआईबी उच्च स्रोतले जानकारी दियो । ‘अहिले सबै जिल्लाका फाइल मगाएर हामी हेर्दैछौँ। एकै ठाउँमा राखेर अनुसन्धान गर्दा राम्रो हुन्छ भन्ने हो। यसबाहेक जिल्ला प्रहरी कार्यालयले यसअघि सम्पत्ति शुद्धीकरण विभागमा पनि अनुसन्धानका लागि लेखि पठाएका छन्’, सीआईबीका एक अधिकारीले भने ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको फाइल, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको फाइल, चितवनको सहारा सहकारीको फाइल, पर्सा, रुपन्देही, काठमाडौं लगायतका जिल्लामा उजुरी परेका छन् । जीबी राईका नाममा विभिन्न सहकारी सञ्चालनमा छन् । सीआईबीलाई फाइल बुझाउनुअघि नै जिल्लाले सम्पत्ति शुद्धीकरणमा पत्राचार गरेका थिए ।यस्तै गत साता नै सहकारी विभागमा पनि रवि र जीबीविरुद्ध उजुरी परेको छ । सहकारी विभागले पनि यस विषयमा कारबाही अगाडि बढाएको छ ।
तर, अहिले ग्यालेक्सीका पत्रकारहरूको बिजोग भएको छ । सुरूमा ५ वर्षसम्म पुग्ने स्रोतको सुनिश्चितता गरिएकोले सेवा सुविधामा कुनै कमी नहुने भनिएको थियो । रविदेखि जीबीसम्म यही भनिरहेका थिए । अझ जीबीले त १ अर्ब रूपैयाँ लगानी गरिसकेकोले कतैबाट एक पैसा आम्दानी नहुँदा पनि तलब सुविधाको कुनै फिक्री नहुने गरी व्यवस्था गरेको बताएका थिए र रविले त्यसमा सही थापेका थिए ।जीबी कम्पनीका अध्यक्ष थिए भने रवि एमडी थिए । रविका नाममा सेयर पनि कायम गरिएको भनिएको छ ।
यतिखेर ग्यालेक्सीमा लगाइएको रकम विभिन्न सहकारीको पनि हो भनेर विवरणहरू बाहिर आएका छन् र ती सहकारी समस्याग्रस्त भएका छन् । जीबी अध्यक्ष रहेका सहकारीको रकम जीबी नै अध्यक्ष एवं रवि एमडी भएको ग्यालेक्सीमा प्रयोग भएको प्रस्टै देखिन्छ । यस हिसाबले सहकारी ठगीको छानबिनमा जीबीसँगै रवि पनि पर्ने देखिएको छ ।
यस्तै बिनाधितो वा कमसल धितोमा ऋण लगानी गरिएको थियो भने त्यसमा रविको बदनियत थियो भनी सरकारी निकायहरुले मुद्दा चलाउन सक्छन् । अनि ५ वर्षका लागि दिएको भनिएको ग्यालेक्सीको बजेट वर्ष दिन नपुग्दै सकिएर कर्मचारीको हरिबिजोग हुनुले रविमाथि थप प्रश्न उठ्छ । त्यो रकम कसरी प्रयोग भयो भनेर समेत छानबिन हुन सक्छ ।
यस्तै स्वर्णिम वाग्लेको रास्वपा प्रवेश पनि रविको राजनीतिक दुःखान्तको कारण बन्ने देखिँदै छ । रविले पार्टीभित्र बोल्न नदिए पनि संसदीय समितिमा उनले छानबिनको कुरा उठाउँदै छन् र निजी तवरमा पनि गोप्य अनुसन्धान गरिरहेका छन् । यसरी हेर्दा जसरी इच्छाराज तामाङले लालकाजी गुरुङको विश्वास गर्दा त्यो उल्टै प्रत्युत्पादक भयो, अहिले रविका निम्ति स्वर्णिमको प्रवेश पनि यस्तै हुँदै छ ।