Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मुग्लिनको ग्रीनफिल्ड बोर्डिङमा विद्यार्थी कुटपिट भएको भन्दै नेबिसंघ इच्छाकामनाले दोषीलाई कारवाहिको माग गर्दै ज्ञापनपत्र बुझायो

मुग्लिनको ग्रीनफिल्ड बोर्डिङमा विद्यार्थी कुटपिट भएको भन्दै नेबिसंघ इच्छाकामनाले दोषीलाई कारवाहिको माग गर्दै ज्ञापनपत्र बुझायो

इच्छाकामना न्युज

१९, माघ २०७७
मुग्लिनको ग्रीनफिल्ड बोर्डिङमा विद्यार्थी कुटपिट भएको भन्दै नेबिसंघ इच्छाकामनाले दोषीलाई कारवाहिको माग गर्दै ज्ञापनपत्र बुझायो
images

मुग्लिन, १९ माघ । ग्रिन फिल्ड इङ्लििस बोर्डिङ स्कुल मुग्लिनको परिषर भित्रै विद्यार्थीमाथि कुटपिट भएको भन्दै दोषीलाई कारबाही र विद्यालयमा सुरक्षितका साथ पढ्न पाउने वातावरण बनाउन (नेपाल विद्यार्थी संघ नेविसंघ) इच्छाकामनाले माग गरेको छ । आज विद्यालय प्रशासनमा नेविसंघले ध्यानाकर्षण पत्र बुझाएको हो । नेविसंघ इच्छाकामनाका सभापति सनम पन्तले विद्यालयभित्र अनुमती विना बाहिरबाट आएकाहरुले अपशब्द बोली गालीगलौजका साथै कुटपिट हुनु विद्यालय प्रशासनको कमजोरी भएको बताउनुभयो । विद्यालयभित्रै विद्यार्थीहरुले असुरक्षित महशुस गर्न पर्ने अवस्था देखिएकोले नेविसंघले दोषीलाई कारबाही सहित विद्यालय प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको बताउनुभयो। चितवनको इच्छाकामना ५ मुग्लिनमा रहेको ग्रिन फिल्ड इङिलस बोर्डिङ स्कुलमा विद्यालयभित्रै कक्षा सातमा अध्ययनरत छात्र कुटिएका हुन् । विद्यालयका प्रिन्सिपल राम थापाले घरमा भएको झगडाको विषयलाई लिएर खाजा खाने समयमा विद्यालय परिषरभित्र प्रवेश गरि एक महिलाले विद्यार्थीमाथि कुटपीट गरेको बताउनुभयो । उहाँले दुबै पक्षबिचको अभिभावकबिच मिलापत्र पनि भइसकेको बताउनुभयो ।

images
images

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २२:३७:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology