Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा

इच्छाकामना न्युज

१९, माघ २०७७
आँबुखैरेनी स्रष्टा समाजद्वारा पुरस्कार घोषणा
images

आँबुखैरेनी, १९ माघ । आँबुखैरेनी स्रष्टा समाजद्वारा २०७५ सालको ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ को घोषणा गरेको छ । समाजको आइतबार बसेको बैठकले साहित्यतर्फ कवि मित्रलाल पंज्ञानीलाई ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र हास्य विधातर्फ हास्यकलाकार रमेश के. सी. मत्तारेलाई ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । यी दुवै पुरस्कारको राशी जनही नगद रु. दश हजार र सम्मानपत्र रहेको छ । यसैगरी ‘महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार’ आँबुखैरेनी क्याम्पसका स्नातक तहमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण व्यवस्थापन संकायतर्फका सपना गुरुङ र शिक्षाशास्त्र संकायतर्फका दिपीका थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

images
images

आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ । सो कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजले प्रकाशन गरेको सानुकाजी थापाको ‘अनावरण’ पुस्तकको कृति विमोचन र परिचर्चा कार्यक्रम समेत हुने भएको छ ।


आँबुखैरेनी स्रष्टा समाजले २०७१ सालदेखि ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ र २०७३ सालदेखि ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ प्रदान गर्दै आइरहेको छ । सो कार्यक्रममा आँबुखैरेनी स्रष्टा समाजले प्रकाशन गरेको सानुकाजी थापाको ‘अनावरण’ पुस्तकको कृति विमोचन र परिचर्चा कार्यक्रम समेत हुने भएको छ ।

 
यसैगरी संस्थाका सल्लाहकार एवं समाजसेवी श्री भगवानदास मल्लको स्वर्गीय बुबा कृष्णदास मल्ल र आमा स्वर्गीय चेतकुमारी मल्लको स्मृतिमा एक पुरस्कारको अक्षयकोष स्थापना गरी आँबुखैरेनी र यस वरपरका क्षेत्रका सामाजिक कार्यमा विशिष्ट योगदान पु¥याउने समाजसेवी र सामाजिक अभियन्तालाई पुरस्कृत र सम्मान गरिने निर्णय समेत समाजले गरेको छ ।  आउँदो चैत्र १४ गते शनिबार आँबुखैरेनीमा एक साहित्यिक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठले बताउनु भएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १९:२६:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology