Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम

लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम

images
लिम्बू समुदायले मनाउँदै कक्फेक्वा तङनाम
images

फुङलिङ । लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् । लिम्बू समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन् ।

लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ । राई, लिम्बू, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्ड लगायत खानेकुरा खाएर मनाउने चलन रहेको रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताए ।
 
मुन्धुमसँग जोडिएको तङनाममा अन्नबाली नहुँदा यही वन तरुल सेवन गरी प्राण जोगाएको भन्ने किवंदन्ती छ । आजदेखि येले तङ्बे (दोङ) ५०८४ सुरु भएको याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए । आज बिहान नुहाएर वन तरुलको टीका लगाएर तङनामको शुभारम्भ भएको छ ।

images
प्रकाशित मिति :माघ १, २०८० सोमवार - ११:२१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology