Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

चीनले सरकारले नेपाललाई अनुदान स्वरुप कोरोना विरुद्धको खोप दिने 

चीनले सरकारले नेपाललाई अनुदान स्वरुप कोरोना विरुद्धको खोप दिने 

images

इच्छाकामना न्युज

१९, माघ २०७७
चीनले सरकारले नेपाललाई अनुदान स्वरुप कोरोना विरुद्धको खोप दिने 
images

काठमाण्डौं, १९ माघ ।
चीन सरकारले नेपाललाई तीन लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने भएको छ । दक्षिणी छिमेकी भारतपछि अब उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोना भाइरस विरुद्धको खोप अनुदान स्वरुप सहयोगमा दिने भएको छ । नेपालस्थित चिनियाँ राजदूतवासले जारी गरेको विज्ञप्तिमा चीन सरकारले १ लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको उल्लेख गरिएको छ । चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दिन लागेको हो ।
 चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दावी छ । चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिइसकेको दावी पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ । 
औषधि व्यवस्था विभागले भने हालसम्म केवल भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपलाई मात्रै ससर्त आपत्कालीन प्रयोग अनुमति दिएको छ । विभागले अनुमति दिएसँगै भारतले नेपाललाई करिब दुई साता अघिमात्रै १० लाख डोज कोरोना भाइरसको खोप अनुदान सहयोग गरिसकेको छ ।

images
प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १०:१८:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology