Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द हुने, माघेसक्रान्तिको दिन भने खुला रहने

नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द हुने, माघेसक्रान्तिको दिन भने खुला रहने

images

इच्छाकामना न्युज

२७, पौष २०८०
नारायणगढ–मुग्लिन सडक थप तीन साता दैनिक ४ घण्टा बन्द हुने, माघेसक्रान्तिको दिन भने खुला रहने
images

मुग्लिन । नारायणगढ–मुग्लिन सडक माघ २० गतेसम्म दैनिक ४ घण्टा बन्द गरिने भएको छ । गएको पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडक बन्द गरी काम थालिएकोमा थप तीन हप्ता बन्द गरिने भएको हो ।

तुइन खोलामा पुल बनाउन पहाड काट्ने काम भैरहेको छ । यसका लागि यसअघि भोलि २८ गतेसम्म सडक बन्द गरिएकोमा काम नसकिएपछि थपिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सर्वपक्षीय बैठकले थप तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने निर्णय गरेको हो । निर्णयअनुसार माघे सङ्क्रान्तिको दिन माघ एक गते सडक बन्द हुने छैन । माघे सङ्क्रान्ति पर्वमा प्रसिद्ध धार्मिकस्थल देवघाट नुहाउन, दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि सडक बन्द नहुने आयोजनाले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् । 

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०८:३१:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology