Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीको भागेमा अवस्थित छिम्केश्वरी माविमा एक लाखको अक्षयकोष स्थापना

आँबुखैरेनीको भागेमा अवस्थित छिम्केश्वरी माविमा एक लाखको अक्षयकोष स्थापना

images

इच्छाकामना न्युज

२६, पौष २०८०
आँबुखैरेनीको भागेमा अवस्थित छिम्केश्वरी माविमा एक लाखको अक्षयकोष स्थापना
images

आँबुखैरेनी । जिल्लाको आँवुखैरेनी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री छिम्केश्वरी माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । गएको वर्ष हीरक जयन्ती मनाएको उक्त विद्यालयले सोही स्मारीका समेत प्रकाशन गरेको थियो । स्मारिकाबाट आएको रकमबाट अन्य खर्च कटाएर एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक एवँ सूचना अधिकारी काशीनाथ देवकोटाले जानकारी दिए ।

अक्षयकोषको चेक बुधबार गाउँपालिका अध्यक्ष शुक्र चुमानले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासलाई प्रदान गरेका छन् । ६१ औंँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उद्घाटनका लागि विद्यालय पुगेका पालिका अध्यक्ष चुमानले आँवुखैरेनी गाउँपालिकाको शिक्षा र स्वास्थ्य सुधार गरिछाड्ने बताए । शिक्षकहरुलाई आफूले मोवाइलबाटै मोनिटरिङ गर्ने सुरुवात गरेको उनले बताए ।

aaabu.webp

विद्यार्थीलाई दोष दिएर शिक्षक उम्कन पाउँदैन भन्दै उनले भने, धेरै ठाउँमा गाउँपालिकाले शिक्षकलाई कारवाही गरेको समाचार सुन्दा मलाई खुशी लाग्छ, शिक्षाको सुधारका लागि गरेको हो नी, आँवुखैरेनीमा अवको शैक्षिक सत्रबाट थप क्रियाकलाप अघि बढाइनेछ । शिक्षाको सुधारका लागि गाउँपालिकालाई साथ नदिने अस्थाइ करारको नविकरण नगर्ने र स्थायीको विभागिय कारवाही गर्ने उनले बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, वडा नम्बर ४ का अध्यक्ष मिलन भुजेल, शिक्षा शाखा प्रमुख निर्मला कुँवर, विद्यालय व्यवस्थापन समितिका सदस्य देवनारायण खवासले मन्तव्य राखेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा विद्यार्थीहरुले शैक्षिक प्रदर्शनी कार्यक्रम गरेका थिए । शैक्षिक प्रदर्शनीको अवलोकन गाउँपालिका लगायतका टोलीबाट भएको थियो ।

दुर्गम क्षेत्रमा रहेको उक्त विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सृजना खवासले बताइन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खवासको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ०९:३७:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology