Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जलवायु परिवर्तनका असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भिर हुनुपर्छ : मन्त्री सीता गुरुङ

जलवायु परिवर्तनका असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भिर हुनुपर्छ : मन्त्री सीता गुरुङ

रासस

२१, पौष २०८०
जलवायु परिवर्तनका असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भिर हुनुपर्छ : मन्त्री सीता गुरुङ
images

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले जलवायु परिवर्तनको असर प्रत्येक व्यक्तिको घरआँगनमै पुगिसकेकाले यसमा सबै गम्भीर हुनुपर्ने बताइन् । 

images
images

वन तथा वातावरण मन्त्रालयले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले जलवायु परिवर्तनले सबै क्षेत्रमा असर पुर्याएको उल्लेख गर्दै भनिन्, “सबै क्षेत्रले एकीकृत र समन्वयात्मक रूपमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आवश्यक कदम चाल्नुपर्छ ।”

मन्त्री गुरुङले कार्बन उत्सर्जनमा नेपालको योगदान नगन्य भए पनि जलवायुका ठूला असरको सामना गरिरहनुपरेको उल्लेख गर्दै जलवायुजन्य हानिनोक्सानी कोषबाट लाभ लिनका आवश्यक तथ्याङ्क र अध्ययन–अनुसन्धानमा जोड दिइन् । 

वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले कोप–२८ मा नेपालले उठाएका मुद्दाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन सफल भएको बताए । 

“आगामी कोप सम्मेलनका लागि पनि समयमै तयारीका साथ प्रस्तुत हुन्छौँ”, उनले जलवायु वित्तबाट प्राप्त अनुदान  विभिन्न कानुनी प्रक्रियाका कारण सम्बन्धित शीर्षकमा खर्च हुन नसकेकोे चिन्ता व्यक्त गर्दै खर्च गर्न सक्ने कानुन र संयन्त्रको आवश्यकतामा जोड दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जलवायुविज्ञ पपुलर जेन्टलले जलवायु वित्तमा पहुँचका लागि आवाज उठाउनुपर्ने सुझाव दिए। उनले सम्मेलनका लागि अन्तिम समयमा मात्र नभई वर्षभरि नै तयारीमा लागिरहनुपर्ने बताए ।

 राष्ट्रसङ्घीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आइसानी मेडागानगोडा लावेले  हालै दुबइमा सम्पन्न कोप सम्मेलनमा नेपालले आफ्ना मुद्दा सशक्त रूपमा उठाएको बताए । 

कोप–२८ सम्मेलनले जीवाष्म इन्धनको युगको अन्त्य, जलवायुजन्य हानिनोक्सानी कोष स्थापना, जलवायु वित्तमा सहयोगलगायत निर्णय गर्नाका साथै पहिलोपटक हिमालमा जलवायु परिवर्तनले असर गरेको विषयलाई विभिन्न दस्तावेजमा स्वीकार गरेको छ ।

images
प्रकाशित मिति :पौष २१, २०८० शनिवार - ०८:४४:४३ बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology