माझगाउँ । चितवनको इच्छाकामना गाउँपालिकामा आयोजित प्रथम इच्छाकामना सुन्तला महोत्सवमा गरिएको सबैभन्दा धेरै सुन्तला खाने प्रतियोगितामा ३ जना प्रथम भएका छन् । पुस १६ गतेदेखि १८ गतेसम्म जारी महोत्सवको प्रतियोगितामा हरेक दिन धेरै सुन्तला खानेलाई विजेत घोषणा गरिएको थियो ।

जस अनुसार पहिलो दिन २० मिनेटमा ३० वटा सुन्तला खाएर वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल प्रथम भएका थिए भने वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचन दोस्रो र इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक बिशाल तामाङ तेस्रो भएका थिए ।

यस्तै दोस्रो दिनको प्रतियोगितामा २० मिनेटमा ४४ वटा सुन्तला खाएर दिपक सिलवाल प्रथम, वडा नं. ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रती दोस्रो भएका थिए भने तेस्रो तथा अन्तिम दिनको प्रतियोगितामा १३ मिनेटमा ५२ वटा सुन्तला खाएर काउलेका रुद्र मगर पहिलो, मुग्लिनका रामजी बस्याल दोस्रो र प्रदीपकुमार रेग्मी तेस्रो भएका थिए ।
प्रतियोगितामा पहिलो हुनेलाई २० किलो दोस्रो हुनेलाई १५ किलो र तेस्रो हुनेलाई १० किलो सुन्तला पुरस्कार स्वरुप दिईएको थियो ।