Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

इच्छाकामनाको माझगाउँमा आयोजित ‘प्रथम इच्छाकामना सुन्तला महोत्सव’ सकियो, सुन्तला किसानलाई कृषि सामाग्री वितरण

इच्छाकामनाको माझगाउँमा आयोजित ‘प्रथम इच्छाकामना सुन्तला महोत्सव’ सकियो, सुन्तला किसानलाई कृषि सामाग्री वितरण

images

इच्छाकामना न्युज

१९, पौष २०८०
इच्छाकामनाको माझगाउँमा आयोजित ‘प्रथम इच्छाकामना सुन्तला महोत्सव’ सकियो, सुन्तला किसानलाई कृषि सामाग्री वितरण
images

माझगाउँ । सुन्तला किसानले उत्पादन गरेको सुन्तलाको बजारिकरणमा सघाउ पुर्‍याउने हेतुले चितवनको इच्छाकामना गाउँपालिकाद्वारा आयोजित ‘प्रथम इच्छाकामना सुन्तला महोत्सव’ सकिएको छ । सोमबारदेखि जारी तीनदिने महोत्सव बुधबार सकिएको हो । संघिय कृषि तथा पशुपंक्षी  विकास मन्त्री डा. बेदुराम भुषालले समुद्घाटन गरेको महोत्सव बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले समापन गरेका थिए । 

महोत्सवको समापन समारोहमा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले सामुहिक खेतीमा जोड दिनुपर्ने बताए । मन्त्री श्रेष्ठले एक्लाएक्लै खेती गर्दा समस्याहरुसंग जुध्न कठिनाई हुने भएकाले सामुहिकरुपमा खेती गर्नुपर्नेमा जोड दिए ।

मन्त्री श्रेष्ठले भने– ‘हामीले एक्ला एक्लै खेती धेरै गर्‍यौ, समस्याहरुसंग जुध्न जानेनौ सकेनौँ पछाडी पर्दै गयौँ, त्यसैले  अब हामी सामुहिक ढंगले कृषि गर्ने कुरामा जोडीरहेका छौँ ।’

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले सामुहिक खेती गर्नेका लागि अनुदानको व्यवस्था गरिएको बताए। प्रत्येक पालिकाको एउटा वडामा एउटा कृषि उपजको रुपमा पकेट क्षेत्र  घोषणा गर्न गइरहेको जानकारी दिए।   

उनले भने–‘सामुहिककरणका लागि केही दिनमै हामी प्रत्येक पालिकाको एउटा वडालाई एउटा कृषि उपजको रुपमा पकेट क्षेत्र घोषणा गर्न गइरहेका छौँ, प्रदेश सरकारले तत्कालै ४० लाख भन्दा बढी अनुदान दिने छौँ, त्यसमा पालिकाबाट १५ प्रतिशत र कृषकबाट १५ प्रतिशत लागानी हुने छ, ५० देखी १०० जना कृषक मिलेर सामुहिक ढंगले खेती गर्न सकिने छ।’ आधुनिक औजारहरुको प्रयोग गरि कृषिलाई  व्यवसायिक रुपमा औधोगिकरण गरेर जान सामुहिक खेती आवश्यक रहेको उनको भनाई छ ।  

कार्यक्रममा  कृषि विभागका महानिर्देशक डा. हरि बहादुर केसीले सुन्तलालाई राष्ट्रिय फलको रुपमा घोषणा गर्न पहल भइरहेको बताए । राष्ट्रिय फल घोषणा गर्न मन्त्रालयमा फाइल पुगेको  र छलफल भइरहेको  बताए ।  

IMG_9081.JPG

इच्छाकामनाको सुन्तला बारे आफु जानकार रहेको बताउँदै उनले यहाँ आएर बोटमै सुन्तला खान पाउँदा खुसी लागेको बताए । थोरै लागनीमा धेरै आम्दानी गर्न सकिने भएकाले सुन्तला उत्पादन हुने जग्गा पाउने किसान भाग्यमानी भएको उनको भनाई छ ।  

सुन्तलाको बजारीकरण तथा किसानलाई प्रोत्साहन गर्न  सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । तीन दिनसम्म चलेको सुन्तला महोत्सवमा सुन्तला कसले धेरै खाने प्रतियोगिता, बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तला बिक्री,बोटमा आफै टिपेर सुन्तला खाने,  सुन्तला कृषकहरुलाई विभिन्न सामाग्री वितरण, दक्ष कृषि प्राविधिकहरुद्वारा रोगव्यादी सम्बन्धि तालिम, स्थानियले उत्पादनको परिकारहरु पाहुनलाई खुवाउने तथा  स्थानिय चेपाङ तथा गुरुङ समुदायको कला संस्कृति झल्किने झाँकीहरुको  प्रस्तुती लगायतका गतिविधिहरु भएको अध्यक्ष गुरुङको भनाई छ ।

कार्यक्रमको समापन समारोहमा स्थानीय सुन्तला कृषकहरुको लागि क्रेट, डिजिटल तौलकाटा, कैची, लगायतका विभिन्न सामाग्रीहरु समेत वितरण गरिएको थियो । 

images
प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - ०८:२५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology