Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

पुस १६, १७ र १८ गते इच्छाकामनामा पहिलो पटक सुन्तला महोत्सव हुदै

पुस १६, १७ र १८ गते इच्छाकामनामा पहिलो पटक सुन्तला महोत्सव हुदै

images

इच्छाकामना न्युज

१२, पौष २०८०
पुस १६, १७ र १८ गते इच्छाकामनामा पहिलो पटक सुन्तला महोत्सव हुदै
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा पहिलो पटक यहि पुस १६ गतेदेखि सुन्तला महोत्सव हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित तोक्दाङ, ढाप, माझगाउँ, सिरानगाउ, डोडे लगायतका गाउँहरुलाई समेटेर सुन्तला महोत्सव हुन लागेको हो । महोत्सव ३ दिनसम्म चल्नेछ ।

स्थानीय सुन्तला किसानले उत्पादन गरेको सुन्तलालाई बजारीकरण तथा प्रोत्साहनका लागि गाउँपालिकाले पहिलो पटक सुन्तला महोत्सव आयोजना गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाले गाउँपालिका भित्रका अधिक सुन्तला उत्पादन हुने गाउँहरुलाई समेटेर सुन्तला महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । साथै सुन्तला महोत्सवमा पाहुनाहरुलाई आकर्षणका लागि बोटमै टिपेर सुन्तला खानपाउने, सुन्तला कसले धेरै खाने प्रतियोगिता, बजारमा भन्दा सहुलियत मूल्यमा ताजा सुन्तलाको स्टल राखिने जस्ता क्रियाकलापहरु गरिनुका साथै महोत्सवमा आउने पाहुनाहरुको लागि सशुल्क खाने बस्नेको समेत व्यवस्था गरिने उहाँले बताउनुभयो ।

महोत्सवको अवसरमा सुन्तला कृषकहरुलाई विभिन्न सामाग्री वितरण गर्ने, दक्ष कृषि प्राविधिकहरुद्वारा रोगव्याथी सम्बन्धि तालिमहरु दिने काम पनि महोत्सवमा हुने उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - ११:३३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology