Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघ्यो

विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघ्यो

images

एजेन्सी

१८, माघ २०७७
विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघ्यो
images

विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३० लाख नाघेको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा थप ४ लाख ९० हजार सङ्क्रमित भएका छन् । 
योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या १० करोड ३१ लाख ८ हजार ५ सय १० पुगेको छ । यस्तै गत २४ घन्टामा थप १२ हजार ४ सय ६१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या २२ लाख २७ हजार ७ सय ३८ पुगेको छ । 
सङ्क्रमित र मृत्यु हुनेको ठूलो सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ । अमेरिकामा २४ घन्टामा १लाख ३७ हजार ५ सय १८ जना सङ्क्रमित भएका छन् भने २ हजार ८ सय ८९ जनाको मृत्यु भएको छ । अमेरिकापछि मेक्सिकोमा १ हजार ४ सय ३४ जनाको मृत्यु भएको छ भने बेलायतमा १हजार २ सय, ब्राजीलमा १हजार १ सय ९६ जनाको मृत्यु भएको छ । 

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०९:३९:५४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology