Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकअन्तरगत डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकअन्तरगत डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा

रासस

८, पौष २०८०
पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकअन्तरगत डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा
images

तनहुँ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडकअन्र्तगत डुम्रे–छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएकोे हो ।

images
images

यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फ धमाधम गिट्टी राखिँदैछ । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ ।

उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले जानकारी दिए । आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ । पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए ।

images
प्रकाशित मिति :पौष ८, २०८० आइतवार - ०८:१०:३५ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology