कुरिनटार । साना किसान कृषि सहकारी संस्था दारेचोक इच्छाकामना कुरिनटार चितवनको अध्यक्षमा तुलासा थापा निर्वाचित हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा प्रतिद्धन्द्धी बलराम त्रिपाठीलाई दुई मतले पराजित गर्दै थापा अध्यक्षमा विजयी हुनुभएको हो । थापाले २३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्दी त्रिपाठीले २३४ मत प्राप्त गर्नुभयो । वासुदेव सिलवाले भने २२७ मत प्राप्त गर्नुभयो । १ हजार १२ मतदाता रहेकोमा ७०५ मत खसेका थिए । ८ मत बदर भएका थिए ।
उपाध्यक्षमा भने अम्विका नेपाल निर्विरोध निर्वाचित हुनुभयो । यस सगैँ साना किसान कृषि सहकारी संस्था लि। कुरिनटारले पहिलो पटक महिला अध्यक्ष पाएका छन् ।