Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

म्याग्दीको एक विद्यालय, तीन कक्षा, तीन विद्यार्थी

म्याग्दीको एक विद्यालय, तीन कक्षा, तीन विद्यार्थी

म्याग्दीको एक विद्यालय, तीन कक्षा, तीन विद्यार्थी

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४, नाउरा स्थित रणज्योति आधारभूत विद्यालयमा ३ कक्षासम्म पढाइ हुँदै आएको छ। भौगोलिक रूपमा दुर्गम त्यसमाथि छरिएको सानो नाउरा गाउँका बालबालिका यही विद्यालयमा अध्ययन गर्दै आएका छन् ।

images

नाउरा गाउँमा २० घरधुरी रहेका छन्। विद्यालय जाने तीन जना मात्र बालबालिका रहेका छन्। कक्षा १ मा पाँच वर्षीय एरिक घर्तीमगर, कक्षा २ मा सात वर्षीय एरिका घर्तीमगर र बालविकासमा युवान गर्बुजा नियमित विद्यालय आउने गर्नुभएको छ । एरिक र एरिका दिदीभाइ हुनुहुन्छ ।

रेबिका घर्तीमगर २०७६ फागुन २३ गतेदेखि कार्यालय सहयोगीका रूपमा नियुक्ति भए पनि कार्यालय सहयोगीदेखि पढाउने र प्रअको प्रशासनिक कामसमेतको जिम्मेवारी उहाँको काँधमा छ। कक्षा १२ उत्तीर्ण गर्नुभएकी रेबिकाले १७ हजार २५० रुपियाँ मासिक रूपमा तलब पाउँदै आउनुभएको छ । दुई कक्षामा अध्ययनरत एरिकाले भन्नुभयो, “म्याडमले राम्रो पढाउनुहुन्छ, हामी पनि नियमित विद्यालय आउने र गृहकार्य गर्ने गरेका छौँ ।”

मगरले भन्नुभयो, “मेरो जिम्मेवारी कार्यालय सहयोगीको भए पनि स्थानीयवासीको आग्रहमा पढाउँदै आएकी छु। मेरो अध्यापनबाट सबै खुसी पनि हुनुहुन्छ।” यहाँ कक्षा ३ उत्तीर्ण गरेपछि पनि बालबालिका एक घण्टा पैदल हिँडेर खिबाङको चन्द्रज्योति माविमा पढ्न जानुपर्ने बाध्यता छ । अहिले गाउँमा धेरै बालबालिका नहुँदा विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएको छ । गत वर्ष छ विद्यार्थीले तीन कक्षा उत्तीर्ण गरेर अन्य विद्यालयमा पढ्न गएपछि घटेर तीन जना छन् ।

उहाँले भन्नुभयो, “थोरै सङ्ख्या भएकाले बहुकक्षा शिक्षण प्रणालीमार्फत एउटै कक्षाकोठामा राखेर पढाउँदै आएकी छु। तीनै जना नियमित रूपमा विद्यालय आउने गरेका छन्। सानो गाउँ त्यसमाथि भौगोलिक कारण यहाँबाट अन्य विद्यालयमा पढ्न जानलाई पनि टाढा र जङ्गलको बाटो हिँड्नुपर्ने भएकाले स्थानीयले पनि एक जना भए पनि पढाइदिनु भन्नुभएको छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष ६, २०८० शुक्रवार - ०९:०४:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology