Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावितलाई मुआब्जा वितरण कार्य अन्तिम चरणमा

आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावितलाई मुआब्जा वितरण कार्य अन्तिम चरणमा

images
आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावितलाई मुआब्जा वितरण कार्य अन्तिम चरणमा
images

अमरराज नहर्की, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधको किनारमा रहेको जग्गा अधिग्रहणका लागि मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको छ । केन्द्रको बाँध किनारमा रहेका विभिन्न व्यक्तिको जग्गा स्थायीरूपले प्राप्त गर्नका लागि मुआब्जा निर्धारण भइ वितरण कार्य धमाधम भएको हो  ।

पाँच महिना अघि साउन २६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकको निर्णयअनुसार १३ व्यक्तिको जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण गरे अनुसार वितरण कार्य भइरहेको केन्द्रले जनाएको छ । ८० प्रतिशतभन्दा बढीको मुआब्जा वितरण भइसकेको र यो कार्य चाँडै नै पूरा गरिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । प्रतिरोपनी एक करोड ८४ लाख ९२ हजार ६८० का दरले जग्गाको मुआब्जा निर्धारण गरिएको जिल्लाा प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार सो ठाउँमा नौ रोपनी १० आना दुई पैसा तीन दाम जग्गा अधिग्रहण गरिनेछ । जग्गा अधिग्रहणका लागि २१ करोड ७८ लाख ८५ हजार नौ सय ६७ रकम प्रदान गरिनेछ । जग्गाका लागि १७ करोड ८७ लाख ८६ हजार छ सय ५२ र घरटहराका लागि तीन करोड ९० लाख ९९ हजार तीन सय १५ वितरण गरिने प्रशासनले जनाएको छ ।

६९ मेगावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाको बाँधले त्यस ठाउँको बस्ती डुबान र कटानमा परेपछि जग्गा अधिग्रहण गर्न लागिएको हो । मानवीय क्षति हुने खतरा देखिएकाले त्यस ठाउँका सर्वसाधारणलले मुआब्जा दिएर सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गर्दै आएका थिए । माग पुरा भएपछि स्थानीय खुसी भएका छन् । गोर्खापत्रबाट

images
प्रकाशित मिति :पौष २, २०८० सोमवार - ०९:२५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology