Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा काटियो

भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा काटियो

images

इच्छाकामना न्युज

१८, माघ २०७७
भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा काटियो
images

काठमाण्डौं, १८ माघ ।
भारतको दिल्लीमा आन्दोलनरत किसानहरुलाई लक्षित गरि इन्टरनेट सेवा काटिएको छ । दिल्लीमा किसानहरुले पकड जमाएको मुख्य तीन ठाउँमा सरकारले मोबाइल इन्टरनेट सेवा काटेको हो । आम सुरक्षा मजबुत बनाउन इन्टरनेट सेवा काटिएको र यो आज मध्यरातसम्म जारी रहने जनाइएको छ ।
 दिल्लीको सिङ्घु, गाजीपुर र टिक्री जिल्लामा मोबाइल इन्टरनेट अवरुद्ध पारिएको हो । दिल्लीमा हजारौं किसानहरु महिना दिनभन्दा अघिदेखि आन्दोलनरत छन् । 
सरकारले हालै सार्वजनिक गरेको कृषि कानुन फिर्ता लिनुपर्ने उनीहरुको माग छ । विदेशी ठूला लगानीकर्तालाई आकर्षित गर्नेगरि सरकारले ल्याएको कानुनले पुस्तौदेखि परम्परागत कृषि पेशामा जीवन धान्दै आएका करोडौं किसानहरु विस्थापित हुने किसानहरुको तर्क छ । 

images
प्रकाशित मिति :माघ १८, २०७७ आइतवार - ०९:१२:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology