आँबुखैरेनी । इलाका प्रहरी कार्यालय आँबुखैरेनीले बाल यौन दुरुपयोग गरेको कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका १ ढापका २८ वर्षका एक पुरुष रहेको छ ।
उनले मंसिर २४ गते राती साढे ११ बजे आफ्नै घरमा रहेकी ११ वर्षकी नाबालिकालाई बाल यौन दुरुपयोग गरेको हो । प्रहरीले सोही अभियोगमा आरोपितलाई बुधबार पक्राउ गरेको थियो ।
पक्राउ परेका आरोपितलाई जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।