हुस्ती । चितवनको इच्छकामना २ स्थित राष्ट्रिय आधारभूत विद्यालय हुस्तिका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । मुस्ताङ प्याराडाइज होटल रमाइलो डाँडा र रिभरसाइड स्प्रिङ रिसोर्ट कुरिनटारले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेका हुन् । स्कुल पोशाक ५२ थान ,झोला ५५,टोपी ५५,ज्याकेट ५५ र ब्ल्याङ्केट ५५ थान वितरण गरिएको आकाश शेरचनले जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालको प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक स्मृति गुरुङको अध्यक्षतामा एक कार्यक्रमकाबिच वितरण गरिएको हो । कार्यक्रममा सहयोगी संस्था रिभरसाइड स्प्रिङ रिसोर्टका म्यानेजर सविन मानन्धर र मुस्ताङ प्याराडाइज होटलका म्यानेजर विकास तुलाचनसमेतको उपस्थितिमा वितरण गरिएको हो ।
सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग गरिएको मुस्ताङ प्याराडाइज होटलका म्यानेजर विकास तुलाचनले बताउनुभयो । आगामी दिनहरुमा पनि सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
इच्छाकामना गाउँपालिकाको रोजगार संयोजक समेत रहनुभएका आकाश शेरचनको पहलमा न्यानो कपडा वितरण गरिएको हो ।