Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाल टेलिकमको प्रयोगकर्तालाई आजदेखि एक महिने निःशुल्क इन्टरनेट सेवा

नेपाल टेलिकमको प्रयोगकर्तालाई आजदेखि एक महिने निःशुल्क इन्टरनेट सेवा

इच्छाकामना न्युज

२५, मंसिर २०८०
नेपाल टेलिकमको प्रयोगकर्तालाई आजदेखि एक महिने निःशुल्क इन्टरनेट सेवा
images

काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रविधि अन्तर्गत हाल टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका प्रयोगकर्तालाई एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा दिने भएको छ।

images
images

नेपाल टेलिकमले मंसिर २५ गतेदेखि लागू हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका प्रयोगकर्तालाई प्रोमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस स्पिडको इन्टरनेट उपलब्ध गराउने भएको हो।

यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात १ डायल गरी अनुरोध गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। उनका अनुसार नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ। एक महिनाभन्दा बढी समयसम्म यो सेवा निरन्तर प्रयोग गर्न चाहने प्रयोगकर्ताले पुनः १९८ मा फोन गरेर वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सःशुल्क रुपमा सेवा प्रयोग गर्न सक्नेछन्।

images
प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - ०८:५६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology