Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

कस्तो रहला तपाईको आजको दिन ? त्रिवेणी भगवती माईको दर्शन गर्दै हेर्नुस् राशिफल

कस्तो रहला तपाईको आजको दिन ? त्रिवेणी भगवती माईको दर्शन गर्दै हेर्नुस् राशिफल

images

इच्छाकामना न्युज

२५, मंसिर २०८०
कस्तो रहला तपाईको आजको दिन ? त्रिवेणी भगवती माईको दर्शन गर्दै हेर्नुस् राशिफल
images

२०८० मंसिर २५ गते, सोमवार, ११ डिसेम्बर २०२३। मार्ग कृष्णपक्ष चतुर्दशी तिथि। विशाखा नक्षत्र, ११ः५२ बजेपछि अनुराधा। चन्द्रराशि वृश्चिक।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिको चक्रमा अलमलिनुपर्दा काममा समय लाग्नेछ। अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी आउन सक्छ। अवसरका लागि निकै मिहिनेत गर्नुपर्ला। आकस्मिक खर्च बढ्नेछ, तापनि सहयोग गर्नेहरू भेटिनेछन्। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अर्थअभावको समस्याबाट जोगिन समयमा सजग रहनुहोला।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदा हेर्दा नाम बिग्रन सक्छ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्ला। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् तर काममा केही चुनौती भने आउन सक्छन्।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र आफ्नो काम रोकिन सक्छ। आवेशको व्यवहार तथा सानो असमझदारीले समस्या निम्त्याउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। यात्राको प्रक्रियामै बढी खर्च गर्नुपर्ला। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। आँटेको काम रोकिन सक्छ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारो पर्दा साथ दिनेहरू कमै भेटिनेछन्। नियमविपरीत बलजफ्ती काम गर्न खोज्दा थप समस्या आउला। खर्च बढ्नेछ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर हठात् निर्णय गर्दा साथीभाइले विश्वास गर्न छाड्नेछन्। खानपान र भेटघाटको अलमलले चिताएका काममा बाधा पुग्न सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउनेछ। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। काम रोकिनाले थप अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। सानो भूल गर्दा मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। लागत र परिणाम अध्ययन नगरी काम थाल्दा समस्या पर्नेछ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेको कर्मफल तथा उठ्नुपर्ने रकम हातलागी हुनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
राम्रो कर्मफल प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेतले उपलब्धि दिलाउनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। व्यवसायमा सोचेको प्रगति हुनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। पछिका लागि विशेष काममा जग बसाउने मौका जुट्नेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। तर सम्भावना देखिए पनि उपलब्धि हातपार्न धेरै श्रम गर्नुपर्ला। खर्च पनि बढ्न सक्छ। नेपालीपात्रोबाट

images
प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - ०८:२४:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology