Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
२०८३, कार्तिक १५ गते
images

रत्ननगरमा जारी पालिकास्तरीय फुटबल प्रतियोगितामा टिम इच्छाकामना पराजित

रत्ननगरमा जारी पालिकास्तरीय फुटबल प्रतियोगितामा टिम इच्छाकामना पराजित

images

इच्छाकामना न्युज

२१, मंसिर २०८०
रत्ननगरमा जारी पालिकास्तरीय फुटबल प्रतियोगितामा टिम इच्छाकामना पराजित
images

चितवन । चितवनको रत्ननगर नगरपालिका अन्तरपालिका मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रत्ननगर खेलकुद विकास समितिले नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा इच्छाकामना गाउँपालिकालाई पराजित गर्दै रत्ननगर फाइनलमा प्रवेश गरेको हो । रत्ननगरले इच्छाकामनालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

रत्ननगरले गत बर्ष आयोजित मेयर कपको उपाधि जित्न सफल भएको थियो । रत्ननगरलाई जिताउन अभिषेक महतोले निर्णायक गोल गरेका थिए । उनी म्यान अफ दी म्याच घोषित भएका छन् । खेलकुद विकास समितिका संयोजक कृष्ण महतो र नगर प्रबक्ता कुलप्रसाद सापकोटाले उत्कृष्ट खेलाडी महतोलाई पुरस्कार हस्तान्तरण गरेका थिए । चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।

विहीबार भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच फाइन प्रवेशका लागि खेल हुने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २१, २०८० बिहिवार - ०८:४६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology